वीरगंज । पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र वीरगन्ज महानगरपालिकाका पुनः ७ वटा वडाबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।
मंगलबार अस्पतालको सभा हलमा वीरगन्ज महानगरपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अनसरीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजले उपलब्ध गराउने स्वास्थ्य सुविधा तथा छुट यसप्रकार रहेको छ ।
ओपिडी टिकटमा २५ प्रतिशत , जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५ प्रतिशत, जेनेरल लाप्रोस्कोपिक तथा इण्डो स्कोपिकमा ८ प्रतिशत, पयाथोलोजी जाँचमा १० प्रतिशत, यसैगरी भिडियो एक्सरे , एक्सरे, इसिजी, इन्डोस्कोपीमा ७ प्रतिशत, सिटीस्क्यान, एमआरआईमा ७ प्रतिशत, फार्मेसी ओपिडीमा १० प्रतिशत, फार्मेसी आईपिडीमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
सो उपचार सेवा शुल्क छुट सुविधाका लागि सम्बन्धित वडा कार्यालयको लेटर पैडमा सिफारिस गरेको हुनुपर्ने छ । यसका साथै नेशनल मेडिकल कलेजले ७ वटै वडा कार्यालयहरुमा प्रत्येक तीन ( तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्नुको साथै रक्तदान कार्यक्रमको आयोजना समेत गर्ने सम्झौता भएको छ।
आज भएको यो सम्झौता एक वर्षसम्म लागू रहने तथा आवश्कता अनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिने अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले जानकारी दिए । सम्झौता कार्यक्रममा वीरगन्ज महानगरपालिकाका १३वटा वाडा संग पहिलो चर्णमा सम्झौता भएको थियोे भने आज वीरगन्ज महानगपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अजय कुमार बरै , वडा नम्बर १२ का अध्यक्ष सुरेश कुमार गुप्ता , वडा नमबर १५ का अध्यक्ष रमेश प्रसाद यादव , वडा नमबर १९ का वडा अध्यक्ष मुकेश कुमार चौरसिया , वडा नमबर २० का वडा अध्यक्ष रामकिशोर सिहं , वडा नम्बर २३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहा , वडा नम्बर २४ का वडा अध्यक्ष बिजय प्रसाद कुर्मीको उपस्थिति रहेको थियो ।
साथै वडा अध्यक्षहरुले आजको दिनलाई वडा वासी को लागि एतिहासिक दिनको रूपमा रहनेछ ।
उनीहरूले आजदेखि गरीब, असहाय, मानिसहरूलें नेशनल मेडिकल कलेजमा उपचार गराउँदा सहज हुने र बिस्तारै सेवा सुविधालाई बढाउँदै जाने खुशी व्यक्त गरे ।
साथै अस्पतालका निदेशक डाक्टर ईसरत जहान अन्सारीले आज दोस्रो चर्णमा ७ वडा अध्यक्ष संग भएको सम्झौता र बाकी रहेको वडा संग पनि आउने दिनमा सम्झौता गरिने डा. अन्सारीले बताए।
उनले अब सहर देखि गाउँसम्मका जन्ताले स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरे । सो अवसरमा अस्पतालका मार्केटिङ र एडमिसन डाइरेक्टर आबिद हुसेन, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।