• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका चार पालिका कार्यालय भाडाकै घरमा, केही छात्रावासदेखि सामुदायिक भवनमा

  • वीरगंज संजाल
  • ५ असार २०८२, बिहीबार १७:१५
  • ६०१

    वीरगंज | स्थानीय तह गठन भएको आठ वर्ष बितिसक्दा पनि पर्साका चार पालिका अझै भाडाकै घरमा कार्यालय सञ्चालनमा गरिरहेका छन्। जिल्लामा रहेका १४ पालिकामध्ये एक नगरपालिका र तीन गाउँपालिका कार्यालय भाडाकै घरमा सञ्चालित छन्। चार नगरपालिका रहेको पर्सामा बहुदरमाई नगरपालिकाबाहेक सबै नगरपालिकाको आफ्नै भवन छ। बिन्दबासिनी, छिपहरमाई र जिराभवानी गाउँपालिका कार्यालय पनि भाडाकै घरमा सञ्चालन भइरहेका छन्। बहुदरमाई नगरपालिका र जिराभवानी गाउँपालिकाले मासिक एक–एक लाख तथा बिन्दबासिनी गाउँपालिका र छिपहरमाई गाउँपालिकाले मासिक ५०–५० हजार रुपैयाँ कार्यालय सञ्चालनबापत भाडा तिर्दै आएका छन्। यी चार पालिकाको कार्यालयको भाडामा मात्र वार्षिक ३६ लाख खर्च हुँदै आएको छ।

    बहुदरमाई र जिराभवानीले पालिका स्थापनादेखि हालसम्म घरभाडाका लागि ९६–९६ लाखभन्दा बढी खर्च गरेका छन्। बिन्दबासिनी र छिपहरमाईले हालसम्म ४८–४८ लाखभन्दा बढी घरभाडा तिरेका छन्। बिन्दबासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाका अनुसार पालिकाले आफ्नै भवन बनाउन जग्गा खोजिरहेको छ। जिराभवानी गाउँपालिका कार्यालयले तीनवटा ब्लक भाडामा लिएर मासिक एक लाख घर भाडा तिरिरहेको एक कर्मचारीले जानकारी दिए। भवन निर्माणका लागि पटकपटक आवाज उठे पनि गाउँपालिका अध्यक्षसहितका केही जनप्रतिनिधिले चासो नलिएको उनको भनाइ छ। धेरै ब्लकबाट सञ्चालन हुँदा पालिकाका काम अस्तव्यस्त भएको स्थानीय मेघराज रायले बताए। केही पालिका छात्रावासदेखि सामुदायिक भवनमा पर्साका केही स्थानीय तहहरूले कार्यालय भवन निर्माण गर्न जग्गा खरिद गरेको भए पनि अहिलेसम्म भवन निर्माण गर्न सकेका छैनन्। पालिका भवन नहुँदा केही पालिका वडामा रहेको सामुदायिक भवन, विद्यालयको छात्रावासदेखि वडा कार्यालयको भवनमा कार्यालय सञ्चालन गरिरहेका छन्। पकाहामैनपुर गाउँपालिका कार्यालय दिव्या युवा क्लबले बनाएको सामुदायिक भवनमा सञ्चालित छ। उक्त सानो भवनमा केही नयाँ संरचना निर्माण गरेर पालिका भवन सञ्चालनमा ल्याएको स्थानीय राकेश यादवले बताए। यस्तै, पटेर्वा सुगौली गाउँपालिकाको कार्यालय मन्दिरको नाममा रहेको भवनमा सञ्चालन हुँदै आएको स्थानीय प्रमोद यादवले बताए।

    गाउँपालिका कार्यालय भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको यादवले बताए। यस्तै, कालिकामाई गाउँपालिका र धोबिनी गाउँपालिकाले वडा कार्यालयको भवनबाटै काम गर्दै आएका छन्। स्थानीय सन्तोष पटेलका अनुसार धोबिनी गाउँपालिका कार्यालय वडा कार्यालयकै भवनमा सञ्चालनमा रहेको अवस्था छ। केही वर्ष पहिले पशु स्वास्थ्य केन्द्रको भवनमा सञ्चालन हुँदै आएको पालिका कार्यालय अहिले वडा नम्बर ४ लंगडीको भवनमा सञ्चालन हुन थालेको पटेलले बताए। संखुवा प्रसौनी गाउँपालिका कार्यालयले विद्यार्थीहरुका लागि बनाएको छात्रावासको भवनमा आफ्नो कार्यालय सञ्चालन गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑