छापामा खिचियो सूर्यको अहिलेसम्मकै नजिकको फोटो, यस्तो देखियो
वीरगंज संजाल
१८ माघ २०७६, शनिबार ०७:२७
४०९७
सौर्य कस्तो होला ? यसको जवाफका लागि वैज्ञानिकहरू धेरै समयदेखि काम गर्दै आएका छन् ।
यही क्रममा हालै उनीहरूले सूर्यको यस्तो फोटो पाएका छन् जसले उनीहरूलाई निकै उत्साहित बनाएको छ ।
अमेरिकाको हवाई राज्यमा राखिएको टेलिस्कोपले सूर्यको अहिलसम्मकै विस्तृत फोटो खिचेको छ।
‘ड यानियल के इनोय नामको ठूलो सौर्य टेलिस्कोपले सूर्यको अस्थिर सतहको तस्बिर खिचेको हो । तस्बिरमा सूर्यको सतह सुनका चहकिला टुक्राहरूको थुप्रोजस्तो देखिन्छ।सूर्यको बाहिरी सतहका यी चम्किला तत्त्व प्लाज्मा भएको वैज्ञानिकहरूले बताएका छन्। यसभित्र अझै अचम्म बनाउने संरचना र तह भएको पनि उनीहरूले अनुमान गरेका छन् । राजधानी दैनिकमा खबर छ ।