• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सहकार्य र समझदारीको जगमा विकसित हुनुपर्छ चीन–अमेरिका सम्बन्ध

  • वीरगंज संजाल
  • ३ असार २०८२, मंगलवार १३:०२
  • २९३

    हालै मेरा एक जना साथीले जब मलाई ‘म अमेरिका समर्थक वा विरोधीमध्ये के हुँ’ भनेर सोधे मैले उनलाई आफू दुईमध्ये कुनै पनि नभएको बताएँ । हुन पनि म कुनै निश्चित देशको विरोधी वा समर्थक होइन । मलाई संयुक्त राज्य अमेरिकाबारे धेरै कुरा मन पर्छ । तर म यसका कैयौं विदेश नीतिको आलोचक बनेको छु । चाइना डेलीको सांघाई ब्युरोमा काम गर्दा मेरा सहकर्मीले मलाई अमेरिकी समर्थक मान्थे । किनभने म सांघाईमा रहेको अमेरिकी वाणिज्य दूतावासमा धेरै कार्यक्रममा भाग लिन्थेँ । त्यसबारे स्तम्भमार्फत आफ्ना विचार राख्थे । त्यही समय ब्रिटिस वाणिज्य दूतावासका कार्यक्रम समेट्ने अर्का सहकर्मीलाई बेलायत समर्थकको रूपमा हेरिन्थ्यो । पछि म वासिंटनमा नियुक्त भएँ । त्यहाँ मेरो सांघाईमा काम गरेका कैयौं पूर्वअमेरिकी कन्सुलर जनरलसँग भेट भयो । तिनीहरूमध्ये एकजना अझै पनि विदेश नियोगमा थिए । बाँकी धेरै थिंक ट्यांक र परामर्श कम्पनीसँग सरिक थिए । हामी प्रायः कार्यक्रममा भेट्थ्यौँ र विषयहरूको लामो सूचीमा सहमति वा विमति राख्थ्यौँ । र, उनीहरूले मलाई अमेरिकी विरोधी ठान्दैनन् भन्नेमा म ढुक्क थिएँ । यद्यपि उनीहरूलाई थाहा थियो कि म अमेरिकाको हस्तक्षेपकारी विदेश नीति र इराक र अफगानिस्तानमा वासिंटनको हमलाको प्रखर आलोचक छु ।

    अमेरिकी मित्रलाई यो पनि थाहा थियो कि म चीन–अमेरिका असल सम्बन्धको पक्षपाती हुँ । मैले अमेरिकी विद्वान्हरू र चीन मामिला विज्ञहरू– एज्रा भोगेल, जान बेरिस, केनेथ लिबर्थल, जेफ्री बडर, जे. स्टेपलटन रोय र रिचर्ड सोलोमनबारे लेखेका दर्जनौँ प्रोफाइल लेखमा सकारात्मक द्विपक्षीय सम्बन्धबारे धेरै अध्ययन गरेको थिएँ । मैले न्युयोर्क र वासिंटनका थिंक ट्यांक र विश्वविद्यालयमा सयौँ सेमिनारमा भाग लिएँ । म सहभागी भएका पत्रकारितासम्बन्धी तीन फेलोसिपले मलाई अमेरिका र संसारको राम्रो बुझाइ विकास गर्न अनुमति दियो । ती वर्षमा माहोल आजजस्तो थिएन । कसैले पनि मेरो तर्कलाई खारेज गरेन, किनकि म चीनबाट गएको थिएँ र चिनियाँ समाचार मिडियामा काम गरेको थिएँ । ब्रुकिङ्स इन्स्टिच्युसनले आफ्ना चिनियाँ विज्ञहरूको प्रोफाइलसहित मेरा लेख आफ्नो वेबसाइटमा प्रकाशित गरेको तथ्यले चिनियाँ पत्रकारप्रति उनीहरूको सम्मान र महŒव दर्साएको देखाउँछ । ती वर्ष त्यस्ता थिए, जहाँ द्विपक्षीय आदानप्रदानको प्रशंसा गरिएको थियो, दानवीकरण गरिएको थिएन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी विद्यार्थीलाई चीनमा अध्ययनका लागि प्रोत्साहित गर्न तत्काल चिनियाँ विद्यार्थी आकर्षित गर्न विशेष पहल सुरु गरे । सन् २०१४ मा चीन र अमेरिकाले १० वर्षे भिसा कार्यक्रममा सहमति जनाएपछि मैले चीन भ्रमण गर्न भिसा प्राप्त गर्ने पहिलो अमेरिकी नागरिकलाई समेटेको थिएँ । येल विश्वविद्यालयका तत्कालीन २३ वर्षीय स्नातक एडमन्ड डाउनी अहिले प्रिन्सटन विश्वविद्यालयमा पिएचडी उम्मेदवार छन् । उनी चीनको जलवायु नीति र डिकार्बोनाइजेसनका विशेषज्ञ हुन् ।

    मेरा धेरै अमेरिकी साथीहरू छन्, जसमध्ये केहीलाई म परिवारको रूपमा लिन्छु । मलाई अमेरिकी संगीत र चलचित्र मन पर्छ । मैले केही दिनअघि बेल्जियमको ब्रसेल्समा टम क्रुजको पछिल्लो फिल्म मिसन : इम्पोसिबल द फाइनल रेकनिङ हेरेँ । पछाडि फर्केर हेर्दा धेरै चुनौतीका बाबजुद ती वर्ष चीन–अमेरिका सम्बन्धका लागि हनिमुन अवधिजस्तो लाग्छ । दुर्भाग्यवश, विगतका वर्षमा चीनविरुद्धको उन्मादपूर्ण अभियान र नियन्त्रण नीतिले द्विपक्षीय सम्बन्धलाई गम्भीर रूपमा क्षति पु¥याएको छ । सन् २०२० को डिसेम्बर ३ मा अमेरिकी सिनेटर मार्सा ब्ल्याकबर्नले ट्विटरमा लेखेपछि म रिसाएको थिएँ, ‘चीनसँग ठगी र चोरीको पाँच हजार वर्ष लामो इतिहास छ । केही कुरा कहिल्यै परिवर्तन हुनेछैनन्…।’ उनको यस आरोपले मलाई निकै क्रुद्ध बनाएको थियो । यो केबल गलत जानकारी मात्र थिएन, बरु हाम्रा पुर्खासहित हरेक चिनियाँको अपमान पनि थियो । सन् २००९ को नोभेम्बरमा अमेरिका आइपुगेको दुई हप्तापछि मैले गरेको अन्तर्वार्तामा म म्याकार्थीवादलाई पुनर्जीवित गरेकोमा अमेरिकी प्रशासनसँग रिसाएको थिएँ । अमेरिकामा ‘नव–म्याकार्थीवाद’को प्रचारका कारण चीनसम्बन्धी धेरै अमेरिकी विद्वान् मौन छन् । तर, गत साता अमेरिकी द्विमासिक पत्रिका द नेसनल इन्ट्रेस्ट मा ‘रिभर्स किसिंगर ? नो, डबल किसिंगर’ शीर्षक पढेपछि म खुसी भएँ । यो समाचार वासिंटनमा मेरो बसाइका वर्षमा मैले राम्ररी चिनेका चिनियाँ विशेषज्ञ लाइल गोल्डस्टाइनको लेख थियो । लेखमा, गोल्डस्टाइन भन्छन् कि वर्तमान अमेरिकी प्रशासनले चीन र रुस दुवैसँगको तनाव कम गर्नुपर्छ । म गोल्डस्टाइनजस्तै हुँ, जसले राम्रो चीन–अमेरिका सम्बन्धको वकालत गर्छन् । चीन र अमेरिकाले एक–अर्काबाट सिक्न धेरै कुरा छन्, त्यसैले दुवै देशले एकअर्कासँग सहकार्य गर्नुपर्छ । मलाई अमेरिकाको समर्थक वा विरोधी भनेर लेबल लगाउनु बेतुक हो । यो संसारलाई कालो र सेतोको रूपमा हेर्नु र खैरो रंगका धेरै छायासहित अन्य रंग हराउनुजस्तै हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑