उदयपुरमा एकजना कालाजारका विरामी पेला परेका छन् । भुसुनाको टोकाइकाबाट सर्ने यो रोग परजीवीका कारण सर्दछ । कालाजार औँलोपछिको दोस्रो स्थानमा आउने रोगमा पर्दछ । स्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत लौकाजी राईले उदयपुरगढीका एकजना विरामीमा कालजार भेटिएको जानकारी दिए । उनले भने, ‘विरामी परेर जिल्ला अस्पताल गाईघाट आउनु भएको रहेछ । कालाजार पुष्टी भएपछि हामीले अहिले सरकारी अस्पतालमा पठाएर निशुल्क उपचार गरिरहेका छौँ ।’
विगतका वर्षहरुमा गर्मीको समयमा कालाजारका विरामी देखा पर्ने गरेका थिए । राई भन्छन, ‘अहिले हामी कालाजारसम्बन्धी सचेतना कार्यक्रम पनि गरिरहेका छौँ।’ विगतमा एकादुईमा कालाजार देखिने गरेको राईको भनाइ छ ।राईले कालाजारका विरामीलाई सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताए। उनले भने,‘उहाँको उपचार निशुल्क भइरहेको छ ।’ फागुन चैत्र महिनादेखि नै डेंगुका बिरामी अपतालमा खचाखच भरिने गरे पनि यस वर्ष शुन्य जस्तै रहेको बताइएको छ । स्वास्थ्यकर्मीका अनुसार कालाजारलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस, ब्ल्याक फिबर वा डमडम फिबर भनेर चिनिन्छ । प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारणले हुने यो रोग विभिन्न प्रकारका लिस्मनाइअसिस मध्ये सबैभन्दा गम्भीर प्रकारको रोग हो ।स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण यो रोग लाग्ने गर्दछ । परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ ।
कालाजार संक्रमण भएपछि परजीवीहरू कलेजो तथा फियो जस्ता भित्री अंगमा सर्ने हुनाले यसलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस भनिएको हो । यो परजीवी हाडमांसीमा पनि सर्ने गर्दछ । कालाजारको संक्रमण भएपछि उपचार गरिएन भने प्राय सबै बिरामीको मृत्यु हुन्छ । यो रोगका मुख्य लक्षण तथा चिह्नहरू ज्वरो आउनु, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु आदि हुन् । भुसुनाको टोकाइबाट बच्न महोत्वपूर्ण मानिन्छ ।