वीरगंज । नेशनल मडिकल कलेज वीरगंजले नेपाल प्रहरी, भूतपूर्व प्रहरी र प्रहरीका परिवारलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। आज नेशनल मडिकल कलेज र जिल्ला प्रहरी कार्यालय, पर्सा बीच दुई पक्षीय सम्झौता भएको हो।
सम्झौता अनुसार, नेपाल प्रहरीमा कार्यरत बहालवाला र भूतपूर्व नेपाल प्रहरी कर्मचारी तथा उनका आश्रित परिवारजनलाई विभिन्न स्वास्थ्य उपचार सेवामा ८ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ। सम्झौतामा नेशनल मडिकल कलेजका प्रबन्धक शहानवाज अन्सारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले हस्ताक्षर गरेका छन्।
अस्पतालका प्रबन्धक शहानवाज अन्सारीले जानकारी दिनुभएको अनुसार, बहालवाला नेपाल प्रहरीलाई ओपिडी टिकटकमा ५० प्रतिशत, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २५ प्रतिशत र भिडियाे एक्सरे, एक्सरे, इसिजि लगायतका सेवामा पनि २५ प्रतिशत छुट प्रदान गरिनेछ।
त्यसैगरी, भूतपूर्व नेपाल प्रहरी कर्मचारी र उनका आश्रित परिवारजनलाई ओपिडी टिकटकमा ५०%, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २०% र भिडियाे एक्सरे, एक्सरे, इसिजि लगायतका सेवामा पनि २०% छुट प्रदान गरिने अस्पतालले जनाएको छ।
सो अवसरमा कलेजका संचालक प्रो. डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरिक्षक सुबास भट्ट लगायतका अधिकारीहरू उपस्थित थिए।