• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०८२, शुक्रबार १७:४९
  • ४२५

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गतको भोजपुरी प्रतिष्ठान, वीरगञ्जको आयोजनामा सञ्चालित ‘आपन भाषा आपन पहिचान’ अभियान अन्तर्गत दोस्रो साप्ताहिक कार्यक्रम वीरगञ्ज चिनीमिलस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

    प्रतिष्ठानका सदस्य सचिव अमित अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार प्रमोद पाण्डे, अतिथि अस्मिता पटेल तथा विशिष्ट अतिथिका रूपमा शिक्षक सन्नी दुवे र शिक्षिका सिता अधिकारीको उपस्थिति थियो।

    कार्यक्रममा अमोद गुप्ता र अस्मिता पटेलले भाषा र साहित्यसम्बन्धी मन्तव्य राख्दै आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए।

    प्रमोद पाण्डेले भाषा र बोलीको अन्तर प्रस्ट्याउँदै मातृभाषाको मानवीकरण र मानकीकरण अपरिहार्य रहेको बताए। उनले भोजपुरी भाषाले विश्वभर सांस्कृतिक छाप छोडिरहेको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन र प्रयोगमा सबै लाग्नुपर्नेमा जोड दिए।

    यसअघि गत शुक्रबार आयोजित कार्यक्रमबाट प्रेरित हुँदै यसपटक विद्यार्थीहरूमा झन् उत्साह देखिएको थियो। उनीहरूले खुलेरै आफ्नो मातृभाषामा गीत प्रस्तुत गरेका थिए। कक्षा ९ मा अध्ययनरत छात्रा मनिषा कुमारी पण्डितले छठ पूजा तथा विवाहमा गाइने पारम्परिक भोजपुरी लोक गीतहरू गायन गरेर माहोल भावनात्मक बनाएकी थिइन्।

    कार्यक्रममा श्याम सर्राफले भोजपुरी गीतहरूको सांस्कृतिक महत्वबारे चर्चा गर्दै परम्परा, संस्कार र समाजमा लोक गीतले खेल्ने भूमिकाबारे उल्लेख गरे। उनले विभिन्न अवसरमा गाइने भिन्न भिन्न गीतहरू प्रस्तुत गरेर उपस्थितहरूलाई मन्त्रमुग्ध पारे।

    कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन् भने मुकेश महतोको उपस्थिति रहेको थियो।

    भोजपुरी प्रतिष्ठान, वीरगञ्जका सदस्यहरूले वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको परिकल्पना अनुसार बालबालिकाहरूमा आफ्नो भाषा, साहित्य, कला, संस्कार र संस्कृतिप्रति रुचि, गर्व र आत्मीयता जगाउने उद्देश्यले महानगरका विभिन्न विद्यालयमा अभियान सञ्चालन गरिएको जानकारी दिएका छन्।

    उनीहरूले भाषा मात्र सञ्चारको माध्यम नभई सांस्कृतिक पहिचानको आधार भएको उल्लेख गर्दै मातृभाषामार्फत सिर्जना, अभिव्यक्ति र संस्कारको निरन्तरता सहज हुने बताए। कार्यक्रमले बालबालिकामा आफ्ना मौलिक संस्कार र सांस्कृतिक सम्पदा प्रति थप आकर्षण जगाएको प्रतिक्रिया प्राप्त भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑