वीरगन्ज । लालबाबु सिंह । ठाकुरराम क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा आइतबार रक्तदान कार्यक्रम आयोजना भयो, जसमा १ महिला सहित ६१ जनाले रक्तदान गरे।
रगतको अभाव रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै स्वतन्त्र विद्यार्थी युनियनले वीरगन्जको रक्तसञ्चार केन्द्रको आग्रहमा मानवीय भावनाले प्रेरित रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
क्याम्पस प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा कांग्रेस युवा नेता अरविन्द गुप्ता सहभागी थिए भने कार्यक्रमको अध्यक्षता युनियन अध्यक्ष राजकुमार यादवले गरे। कार्यक्रममा क्याम्पस प्रमुख रञ्जित यादव, रेडक्रस पर्सा अध्यक्ष बृजकिशोर पटेल, समाजसेवी प्रकाश उपाध्याय, सञ्चारकर्मी लालबाबु सिंहलगायतको उपस्थिति थियो।
रक्तदान गर्नेहरूमा प्रीती पटेल, राहुल सिंह, जय नेपाल चौरसिया, गुड्डु पटेल, आलोक सिंह, उज्ज्वल उपाध्यायलगायत थुप्रै विद्यार्थी, युवा र सामाजिक अभियन्ता सहभागी भए।
कार्यक्रममा सभापति यादवले रगतको अभाव बेला रक्तदानले मानवताको उदाहरण पेश गरेको बताउँदै सबै रक्तदाताप्रति आभार व्यक्त गरे।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक सौरभ राज पाण्डेको नेतृत्वमा स्वयंसेवक मनिष गुप्ता सहितको टोलीले रक्तदाताहरूलाई सहयोग पुर्याएको थियो।