बुटवल । कपिलवस्तुमा आगलागीमा परी दाजुबहिनीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-५ जयनगरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृत्यु भएको छ ।
आइतबार साँझ खाना पकाउने क्रममा ग्यासको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका दाइ २५ वर्षीय शिवकुमार यादव जलेर गम्भीर घाइते भएका थिए ।
उपचारको क्रममा उनीहरुको मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन् । विद्यालयमा सोमबार शोक बिदा दिइएको प्रअ लालचन्द पाण्डेयले जानकारी दिए ।