वीरगंज । स्वतन्त्र विद्यार्थी युनियन, ठाकुरराम बहुमुखी क्याम्पसमा मयंक रौनियार प्रेस सल्लाहकार पदमा नियुक्त भएका छन्। वीरगंज संजाल मार्फत उनलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
रौनियार विगत ८ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। उनले स्वतन्त्र विद्यार्थी युनियन, ठाकुरराम बहुमुखी क्याम्पसको विभिन्न गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएका छन्। हालै सम्पन्न युनियनको निर्वाचनमा पनि उनको उल्लेखनीय योगदान रह्यो।
उनी प्रेस सल्लाहकारमा नियुक्त गरिएको औपचारिक घोषणा पर्सा क्षेत्र नं. १ का नेपाली काँग्रेस क्षेत्रीय सभापति अरविंद कुमार गुप्ताले ठाकुरराम क्याम्पसको भवन उद्घाटन समारोहको अवसरमा गरेका हुन्।
यस नियुक्तिले विद्यार्थी आन्दोलन तथा क्याम्पसको सञ्चार कार्यमा थप प्रभावकारिता ल्याउने विश्वास गरिएको छ।