उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कटारी नगरपालिका- ४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राजकुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नवीन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन् ।
उनीहरूले ती बालिकालाई कटारीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।