• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०८२, सोमबार २०:४५
  • ६०५

    काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको रहस्यमय हत्याका सम्बन्धमा स्वतन्त्र छानविन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

    महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको टोलीले सोमबार मन्त्रालयमा गृहमन्त्री रमेश लेखकलाई भेटेर काठमाडौँको तीनकुनेमा चैत्र १५ गते भएको पत्रकार हत्या तथा पत्रकार र मिडियामाथिको आक्रमणका सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदन बुझाउँदै उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठन गर्न आलटाल नगर्न भनेको हो । महासंघले पत्रकार रजक आन्दोलनकारी नभएको भन्दै कार्यस्थलमा मारिएका उनलाई सहिद घोषणा गरी परिवारको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

    ‘पत्रकार रजक आन्दोलनकारी होइनन्, कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकार हुन् । काम गर्दा गर्दै उनको ज्यान गुमेको छ । त्यसकारण सरकारले पत्रकार रजकलाई आन्दोलनकारीलाई भन्दा फरक व्यवहार गर्नुपर्छ,’ महासंघले भनेको छ, ‘रजकलाई शहीद घोषणा गरी सम्मानजनक राहत र उनको परिवारिक सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्छ ।’

    महासंघले तीनकुनेमा प्रदर्शनका क्रममा भएको तोडफोडबाट क्षति व्यहोरेका सञ्चार गृहलाई उचित क्षतिपूर्ति तथा भयमुक्त वातावरणमा काम गर्न पाउने गरी सञ्चार गृहको सुरक्षा सुनिश्चितता गर्न माग गरेको छ ।

    त्यस्तै, महासंघले प्रेस स्वतन्त्रता उल्लंघनका बढ्दो घटनाक्रम, सञ्चार क्षेत्रमा देखिएका नवीनतम् चुनौतीहरूको समाधान र व्यवस्थापनका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि वरिष्ठ पत्रकार र विज्ञहरूसहितको सुझाव समिति गठन गर्न समेत माग गरेको छ ।

    ‘पत्रकारहरूको भौतिक, पेशागत तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाहरू लागू भए/नभएको अनुगमन गरी त्यसको सुनिश्चितता गर्नुपर्ने, लागू नगर्ने सञ्चार गृहविरुद्ध कडा कदम चाल्न माग गर्दछ,’ महासंघले भनेको छ ।

    महासंघले प्रेस स्वतन्त्रतासम्बन्धी घटनाहरूको उपचारका लागि अलग्गै कानून निर्माण गरी कार्यान्वयन गर्नसमेत माग गरेको छ ।

    ‘प्रेससम्बन्धी कानून निर्माण गर्दा पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक व्यवस्थालाई ध्यानमा राखेर प्रेसमैत्री कानून निर्माण गर्नुपर्छ,’ महासंघले भनेको छ ।

    महासंघले हाल संसद्मा छलफलमा रहेका सामाजिक सञ्जाल र मिडिया काउन्सिल लगायत विधेयकहरू महासंघसहित सरोकारवालाको सुझावबमोजिम अगाडि बढाउनुपर्ने माग गरेको छ ।

    त्यस्तै, पत्रकारको भौतिक सुरक्षासम्बन्धी नीति तर्जुमा गरी लागू गर्नुपर्ने, श्रमजीवी पत्रकार ऐनमा समयानुकल संशोधन, पत्रकारहरूको न्यूनतम पारिश्रमिक वृद्धि तथा ऐन कार्यान्वयनको अवस्थाबारे अनुगमन गरी कडाईका साथ लागू गर्नुपर्ने तथा हाल सरकारले पत्रकारहरूको दुर्घटना बीमा गर्दै आएकोमा उक्त व्यवस्था पर्याप्त र प्रभावकारी नभएकाले यसको सट्टा सञ्चार गृहले पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउने नीतिगत व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

    महासंघको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले महासंघको प्रतिवेदन अध्ययन गर्ने र कार्यान्वयनका लागि पहल गर्ने बताए । उनले पत्रकार रजकको हत्याका सम्बन्धमा सरकारले गम्भीररुपमा छानविन गरिरहेको भन्दै घटनाका दोषीहरुमाथि फौजदारी कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने बताए ।

    चैत १५ को घटनापछि आन्दोलित बनेको महासंघले उपाध्यक्ष उमिदप्रसाद बागचन्दको संयोजकत्वमा सचिवहरु प्रकाश धौलाकोटी, रमेश खतिवडा, सोनी शर्मा, सविन प्रियासन, वैकुण्ठ पराजुली र अशोक तिवारी सदस्य रहेको अध्ययन समिति गठन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण
  • खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    News

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑