काठमाडौं । काठमाडौँसहित रुपन्देही र धनुषामा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-९ पिङ्गलास्थान नजिकै सडक किनारामा अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ प्रभातपथ बस्ने ८० वर्षीया सकुन्तला लम्साल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
धनुषाको बटेश्वर गाउँपालिका-४ पुजारी टोल घर भई सोही गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५५ वर्षीय कुशेशर पासवान पनि सोही कार्यालयमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।