• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

  • वीरगंज संजाल
  • २ जेष्ठ २०८२, बिहीबार १२:२२
  • ८०१

    काठमाडौं। गृहमन्त्री रमेश लेखकले कोशी प्रदेश स्तरीय सुरक्षा बैठकमा खुल्ला सीमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइरहे पनि मधेश प्रदेशका प्रमुख नाकाहरू सहित सुनसरी र मोरङ जिल्लाका विभिन्न सिमानाकाबाट समेत अवैध तस्करी डरलाग्दो रूपमा मौलाइरहेको छ। विशेषगरी पर्साको वीरगञ्ज नाका र बाराका विभिन्न नाकाबाट व्यापक रूपमा तस्करी भइरहेको र यसमा समेत सुरक्षाकर्मीको सेटिङ रहेको आरोप लाग्दै आएको छ।

    सिमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको स्थानीय युनिटसमेतको ‘सेटिङ’मा तस्करी हुने क्रम बढेको हो। सिमावर्ती क्षेत्रबाट व्यापक रुपमा तस्करी बढेसँगै प्रादेशिक तहबाट त्यसको नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको निकायले थप सक्रियता देखाएको दाबी गरेपनि तस्करी नियन्त्रणमा खासै कमी आएको छैन।

    पछिल्लो समय सुनसरीको लौकही, घुस्की, देवानगञ्ज, कप्तानगञ्ज, साहेवगञ्ज, कोशी ब्यारेज तथा आसपासको क्षेत्र र मोरङ जिल्लाको रानी तथा आसपासमा रहेका मटेरुवा, दरैयाको उखुबारी, दक्षिणी गेटका साथै सिक्टी, मायागञ्ज, अमाही बरियादी, डोरिया लगायतका नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको युनिटकै समन्वयमा तस्करी भइरहेको खुलेको छ। त्यसैगरी, पर्साको वीरगञ्ज नाका र बाराका विभिन्न नाकाहरूबाट पनि संगठित रूपमा कपडा, इलेक्ट्रोनिक्स, मोटर पार्टस्, खाद्यान्न लगायतका सामानहरूको व्यापक तस्करी हुने गरेको र यसमा पनि स्थानीय सुरक्षाकर्मीहरूसँगको मिलोमतो रहेको स्रोतले दाबी गरेको छ।

    मोरङको विभिन्न नाकाबाट कपडाजन्य तथा उपभोग्य सामान, रजनीगन्धा, गुट्का लगायतका विविध सुर्तीजन्य सामग्री, खसी, राँगाको हड्डी तथा छाला, तारको झोला लगायतका विभिन्न सामानको अवैध तस्करीमा संलग्न अफ्ताब, सबनम, सोनी, मुन्नी, अंगुरी, विशाखा, तबरेज, गुड्डु लगायतका व्यापारीहरुसँग स्थानीय युनिटपतिहरुदेखि जिल्ला तहका अन्य अधिकृतहरुसमेतको सेटिङ रहेको स्थानीय व्यापारीहरुको भनाइ छ।

    सुनसरीको सिमानाकामा व्यापक कडाइ गरिएको दाबी गरिए पनि देवानगञ्ज, कप्तानगञ्ज र साहेबगञ्ज नाका भने सिमा क्षेत्रमै परिचालित सुरक्षाकर्मीसमेतकै संरक्षणमा तस्करीको केन्द्र बनेको बुझिएको छ। विभिन्न कपडाजन्य, सुर्तीजन्यलगायत मल, प्याज, चिनी, मोबाइल, गुटखा, किराना सामान र दैनिक उपभोग्य सामग्री तस्करी हुने क्रम रोकिएको छैन।

    गृह मन्त्रालयले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्न नपाउने नीति अगाडि बढाए पनि यस क्षेत्रमा (सुनसरी, मोरङ, पर्सा र बारा लगायत) नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सादा पोशाकमा अधिकृत तहसमेतका सुरक्षाकर्मी परिचालन गरेर तस्करीमा संलग्न व्यवसायीहरुसँग समन्वय गर्ने गरेको दाबी व्यवसायीहरुको छ। सुनसरी, मोरङ, पर्सा तथा बाराका विभिन्न नाकाबाट नेपालतर्फ अबैध तस्करी हुने गरेको र यसमा विभिन्न निकायको समन्वय रहेको भन्ने गुनासो बढिरहेको विषयलाइ मध्यनजर गरी राजस्व अनुसन्धान कार्यालय इटहरीले रात्री गस्तीसमेत परिचालन गरिरहेको र त्यस क्रममा विभिन्न सामानहरु बरामद भइरहेको घटनाबाट पनि सिमानाकाबाट अवैध तस्करी बढ्दो रहेको तथ्यलाई पुष्टि गरेको देखिन्छ।

    पछिल्लो समय सिमा क्षेत्रबाट तस्करीको घटना बढिरहेको र त्यसमा सुरक्षाकर्मीसमेतको सेटिङ रहेको चर्चा आइरहेको समयमा कोशी प्रदेशमा आआफ्नो सङ्गठनको नेतृत्व सम्हाल्दै केही दिन अघिमात्र आउनुभएका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने र नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक इश्वर कार्कीले सिमा क्षेत्रबाट तस्करी नियन्त्रण गर्ने सन्दर्भमा कुनै कसुर नराख्ने दाबी गर्नुभएको छ। मधेश प्रदेशका अन्य जिल्लाहरूमा पनि यस्तै प्रतिबद्धताको अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑