वीरगन्ज | पर्साको धोबीनी गाउँपालिका वडा नम्बर ५ धोबिनीमा बुधबार दिउँसो आगलागी हुदाँ स्थानिय धोबी मियाँको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
अगलागीबाट मियाँको फेसको र पूर्ण रुपले जलेर नष्ट हुनुको साथै घरभित्र रहेका १२ वटा बाख्रा, १२ क्विन्टल धान लगायतको सामग्री पनि जलेर क्षति भएको इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरीक्षक ज्योतिप्रकाश कार्कीले जानकारी दिए ।
विद्युत सर्किट सर्ट भएर वा चुल्होबाट आगो सल्किएर आगो लागेको हुन सक्ने आशंका गरिएपनि आगलागीको कारण भने अझै यकिन हुन नसकेको छैन । यसबारेमा तथा आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।