पर्सा । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको कपडा बरामद गरेको छ।
जिल्ला पर्साको बिन्दावासिनी गाउँपालिका–१, गर्दौलाबाट ना. १८ प ८२७२ नम्बरको मोटरसाइकलमा राखी ल्याइँदै गरेको भन्सार मुल्य रु. ५,०१,४०० बराबरको कपडा सशस्त्र प्रहरीले वैशाख ३० गते नियन्त्रणमा लिएको हो।
उक्त कपडा भारतबाट अबैध रूपमा नेपाल भित्र्याई पोखरिया तर्फ लैजाँदै गरिएको अवस्थामा फेला परेको थियो। बरामद गरिएको मोटरसाइकलसहित कपडा आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा भन्सार छलि गरी गरिने अबैध कारोबार रोक्न नियमित गस्ती तथा निगरानी कार्य तीव्र बनाएको जनाएको छ।