• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

  • वीरगंज संजाल
  • २५ बैशाख २०८२, बिहीबार १३:५०
  • ६४५

    वीरगञ्ज । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला सदस्य मुना खनालले तन, मन र धनले मानवताको पक्षमा समर्पित रहनु पर्ने आवश्यकता औंल्याउनु भयो। उहाँले रेडक्रसकर्मीहरू सधैं दिनदुःखी, असहाय र पीडितहरूको सेवा र सहयोगमा अग्रसर हुनुपर्ने कुरामा जोड दिँदै आफु सधैं रेडक्रसको अभियानमा साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमको सुरुवात रेडक्रसका संस्थापक जान हेनरी ड्युनाँको तस्बिरमा माल्यार्पण र दीप प्रज्वलनसहित शुभकामना मन्तव्यबाट भएको थियो। प्रमुख अतिथी खनालले हिंसालाई त्यागेर शान्तिको बाटो रोज्न सबैलाई आग्रह समेत गर्नु भयो।

    कार्यक्रममा वरिष्ठ सदस्य तथा समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायले स्वागत मन्तव्य राख्दै रेडक्रसमा संलग्न हुने प्रत्येक व्यक्तिमा मानवता अनिवार्य हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “मानवता बिना रेडक्रस मात्र हैन, समाज, देश र सारा विश्व नै अपुरो हुन्छ। वर्तमानमा विश्व हिंसाको चपेटामा रहेको यो अवस्थामा हामी सबैले मानवीय मूल्य र कल्याणमा केन्द्रित हुन जरुरी छ।”

    रेशमकोठी उपशाखाका उपसभापति सरिता यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व उपशाखा सभापति नारायण यादव, पूर्व उपसभापति सुरेन्द्र प्रसाद कानु, सहसचिव राजु साह, सहकोषाध्यक्ष अभिलाष गुप्ता, सदस्यहरू रामसुदिष्टलाल कर्ण, नवराज भट्टराई, सोनु पटेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

    अध्यक्ष सरिता यादवले कार्यक्रममा बोल्दै “हामीले बाह्य युद्ध मात्र होइन, आन्तरिक द्वन्द्व र नकारात्मक सोचमाथि विजय प्राप्त गर्नुपर्छ,” भन्दै सम्पूर्णलाई रेडक्रस दिवसको शुभकामना व्यक्त गर्नुभयो।

    कार्यक्रमको सहजीकरण गरेका सचिव लालबाबु सिंहले रेडक्रसको उत्पत्ति युद्धको भूमिमा घाइतेहरूको सेवा र उपचारमार्फत् भएको स्मरण गर्दै अहिले रेडक्रसले विश्वभर मानवताको आशा र भरोसा प्रदान गरिरहेको बताउनुभयो। दुई छिमेकी देशहरूबीच भइरहेको युद्धप्रति चिन्ता व्यक्त गर्दै उहाँले विश्व समुदायलाई शान्तिको पहल गर्न पनि आग्रह गर्नुभयो।

    कार्यक्रमले मानवता, सेवा र शान्तिको सन्देश दिँदै रेडक्रस अभियानमा समर्पण र सहभागिताको आवश्यक्ता झल्काएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑