वीरगञ्ज | नेपालमा प्रतिबन्धित सट्टाबाजीसम्बन्धी एपहरूको प्रचारप्रसार रोक्नुपर्ने माग बीच वीरगञ्जको मुख्य बसपार्क क्षेत्रमा अवस्थित डिजिटल डिस्प्ले बोर्डमा Wolf 777 नामक बेटिंग एपको विज्ञापन देखिएको छ, जसले सम्बन्धित निकायको ध्यान खिचेको छ।
नेपालमा सट्टाबाजी पूर्ण रूपमा गैरकानुनी मानिने भए पनि पछिल्लो समय डिजिटल प्लेटफर्महरू मार्फत यस किसिमका गतिविधिहरू खुलेआम भइरहेका छन्। यस्तोमा सार्वजनिक स्थानमा प्रतिबन्धित एपको विज्ञापन देखिनु गम्भीर विषय भएको भन्दै सर्वसाधारण तथा विज्ञहरू आक्रोशित बनेका छन्।
सट्टाबाजी एपको यस्तो प्रचारले युवा पुस्तालाई प्रभावित गर्ने खतरा बढेको भन्दै सम्बन्धित निकायहरू — विशेषतः सञ्चार, सूचना प्रविधि, तथा प्रहरी प्रशासनलाई यस्ता विज्ञापन हटाउन र दोषी कम्पनीहरूमाथि तत्काल कानूनी कारबाही गर्न माग गरिएको छ।
प्रविधिको दुरुपयोगमार्फत गैरकानुनी कारोबार बढ्दै गइरहेको सन्दर्भमा, यस्ता गतिविधि नियन्त्रण गर्न सरकारी निगरानी र संचार प्लेटफर्महरूको जिम्मेवारी बढेको छ।