पोखरिया । पोखरिया नगरपालिकामा हालै नियुक्त प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्री राम विनय कुमार सिंहको स्वागतमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ।
आज सम्पन्न उक्त स्वागत कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयबासीको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री सिंहलाई शुभकामना व्यक्त गर्दै उहाँको कार्यकालमा नगरपालिकाको सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
स्वागत कार्यक्रममा बोल्दै उपसचिव श्री सिंहले पारदर्शिता, प्रभावकारी सेवा वितरण र नागरिकमैत्री प्रशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम समापनमा नगरपालिकाको तर्फबाट उहाँलाई पुष्पगुच्छा र सम्मानपत्र प्रदान गरिएको थियो।