सापकोटाविरुद्ध नाराबाजी गर्ने १२ प्रदर्शनकारी प्रकाउ
वीरगंज संजाल
१३ माघ २०७६, सोमबार १३:२८
४८८१
काठमाडौं । सभामुख अग्नि सापकोटाले शपथ खाइरहेका बेला राष्ट्रपति निवास अगाडिबाट १२ जना ‘मानव अधिकारकर्मी’हरूलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो सापकोटाको शपथ ग्रहण समारोह चलिरहेका बेला प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
‘१२ मध्ये ३ जना महिला र नौ जना पुरुषलाई प्रक्राउ गरिएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले भने, ‘प्रक्राउ गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।’
काभ्रेका अर्जुन लामा हत्या आरोपमा मुद्दा रहेका व्यक्तिलाई सभामुख बनाएकोमा उनीहरूले विरोध सोमबार बिहानैबाट प्रदर्शन गरेका थिए ।
प्रक्राउ पर्नेमा चरण प्रसाईं, पूर्णिमा लामा, जनक राउत, निराजन थपलियलगायत रहेको एसपी सिंहले बताए ।