• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कांग्रेस र कम्युनिष्टको शासन रहेसम्म देशमा विकास हुँदैन : उपेन्द्र यादव

  • वीरगंज संजाल
  • २७ चैत्र २०८१, बुधबार ११:२२
  • १०१७

    वीरगंज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिष्टको शासन रहेसम्म देशमा विकास हुन नसक्ने बताएका छन् ।

    गरुडामा जसपा नेपालको प्रथम रौतहट जिल्ला अधिवेशनको उद्घाटन गर्दै यादवले गत ३५ वर्षदेखि देशमा कांग्रेस र कम्युनिष्टको शासन रहेको तर देशमा विकास हुन नसकेको दाबी गरे । कांग्रेस र एमालेका कारण देशमा चरम गरिबी र बेरोजगारी बढेको आरोप लगाउँदै अध्यक्ष यादवले विकासको साटो देश अनेक समस्याको दलदलमा फस्दै जानु चिन्ताको विषय भएको बताएका छन् ।

    यादवले ठोकुवा गर्दै भने – ‘यी दुई दलको शासन रहेसम्म देशमा सुशासन सम्भव छैन ।’ धेरै सम्भावना र संसारकै विकसित देश बन्ने आधार हुँदाहुँदै कांग्रेस–कम्युनिष्टकै कारण देशको अवस्था चिन्तनीय बनेको यादवको कथन छ ।

    देशलाई विकासको गतिमा अगाडि बढाउन र देशबाट गरिबी बेरोजगारी अन्त्य गर्न सबै मिलेर आउँदो निर्वाचनमा कांग्रेस–कम्युनिष्टलाई नराम्ररी परास्त गर्नुपर्ने धारणा पनि यादवले राखेका छन् ।

    विगत ३५ वर्षदेखि यो मुलुकको शासन गरेका कांग्रेस–कम्युनिष्टले देशको अर्थतन्त्र धरासायी बनाएको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न नसकेको आरोप यादवले लगाएका छन् । कांग्रेस–कम्युनिष्टको शासनमा देशमा भ्रष्टाचार मौलाउनुको साथै देशको अर्थतन्त्र धरासायी भएको, दिनहुँ युवाहरु विदेश पलायन भइरहेको र कमिसनतन्त्र बढेको आरोप पनि लगाएका छन् ।

    देशका ठूलाठूला उद्योग धन्दा, कलकारखाना, कम्पनी बन्द हुँदा अहिले रोजगारी नपाएर यूवाहरु विदेश पलायन हुन बाध्य हुँदा पनि दुई दलले देश बनाउनुको सटा लुटधन्दामा लागेको कारण देशमा विकास हुन नसकेको आरोप लगाएका छन् ।

    सरकारको नेतृत्व गरिरहेका दुवै दलले जनताको असन्तुष्टि सम्बोधन गर्न नसक्दा कांग्रेस–कम्युनिष्टबाट आजित भएर जनताहरु अहिले राजावादीको आन्दोलनमा सरिक हुन थालेको यादवको भनाइ छ । कांग्रेस–कम्युनिष्टकै कारण देशमा राजावादीहरु सल्बलाउन थालेको बताउँदै यादवले यसको समपूर्ण जिम्मा वर्तमान सरकारले नै लिनुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑