वीरगञ्ज | १० किलो ७ सय ग्राम गाँजासहित बाराबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ना ३६ प २१७७ नम्बरको मोटरसाइकल चालक मकवानपुर मनोहरी नगरपालिका-६ बस्ने ३८ वर्षीय रवि थिङ रहेका छन्।
जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्जस्थित प्रहरी कार्यालयअगाडि चेक प्वाइन्टमा उक्त मोटरसाइकललाई रोक्न खोज्दा थिङ फरार भएका थिए।
प्रहरीले लखेटदै जाँदा सोही स्थानको गणेश मन्दिरनजिकै फेला पारी चेक जाँच गर्दा चालक थिङले बोकेको झोलाबाट ६ किलो र मोटरसाइकलको तेल ट्याङकी भित्रबाट ४ किलो ७ सय गाँजा बरामद बरामद भएको बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।