• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वायु प्रदूषणबारे जानकारी दिने सरकारी वेबसाइट नै ‘अस्वस्थ’

  • वीरगंज संजाल
  • २६ चैत्र २०८१, मंगलवार ०८:१७
  • ५६९

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वायु प्रदूषणको स्तर बढिरहँदा यसबारे वास्तविक समयको जानकारी दिने सरकारी वेबसाइट भने असुरक्षित रहेको पाइएको छ ।

    वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले सञ्चालन गर्दै आएको पोलुसन डट जीओभी डट एनपी (pollution.gov.np) वेबसाइट खोल्दा हाल ‘Your connection is not private’ भन्ने चेतावनी देखिन्छ । यस्तो चेतावनीले वेबसाइटको सुरक्षा प्रणालीमा समस्या रहेको संकेत गर्छ ।

    ब्राउजरमा देखिने उक्त सन्देशअनुसार वेबसाइटले प्रयोग गर्ने सुरक्षा प्रमाणपत्र (एसएसएल सर्टिफिकेट) १४२ दिनअघि अर्थात् करिब पाँच महिना नै पहिले एक्स्पायर भएको छ । यसको अर्थ अहिले वेबसाइट र प्रयोगकर्ताबीच इन्क्रिप्टेड (सुरक्षित) कनेक्सन भइरहेको छैन । जसले गर्दा प्रयोगकर्ताको सूचना तेस्रो पक्षले रोक्नसक्ने सम्भावना रहेको सुरक्षा जानकार बताउँछन् ।

    उनीहरूका अनुसार यस्तो अवस्थामा वेबसाइटलाई ‘unsafe’ अर्थात् असुरक्षित भनेर वर्गीकृत गरिन्छ । प्रयोगकर्ताले “Proceed to pollution.gov.np (unsafe)” क्लिक गरेर साइट हेर्न भने सक्नेछन् । तर एसएसएल सर्टिफिकेट नभएका वेबसाइटमा पासवर्ड, व्यक्तिगत विवरण वा अन्य संवेदनशील जानकारी राखे सुरक्षा जोखिम निम्तिने डर हुन्छ ।

    यो वेबसाइटले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न अनुगमन स्टेसनहरूबाट वास्तविक समयको वायु गुणस्तर सूचकांक (AQI), PM2.5 र PM10 लगायतका कण पदार्थ सम्बन्धी विवरण, ध्वनि प्रदूषण तथा डेटा विश्लेषण रिपोर्ट प्रदान गर्दै आएको छ ।

    जनस्वास्थ्यको लागि महत्त्वपूर्ण सूचना प्रवाह गर्ने वेबसाइट आफैं स्वस्थ हुन नसकेको भन्दै सरकारको आलोचना हुन थालेको छ । कतिपयले यस्ता संवेदनशील वेबसाइटहरू समयमै अपडेट नगर्नु आमनागरिकप्रति लापरबाही भएको भन्दै तत्काल एसएसएल सर्टिफिकेट नवीकरण गर्न तथा सुरक्षाका अन्य आधारभूत मापदण्ड पूरा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑