• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लहान नगरपालिकाद्वारा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन

  • वीरगंज संजाल
  • २५ चैत्र २०८१, सोमबार १५:००
  • ४६५

    सिरहा । लहान नगरपालिका–१७ की गर्भवती अस्मिता सिंहले शुक्रबार नगरपालिकाले वितरण गरेको पौष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दङ्ग भइन् । उक्त सामग्रीले पोषणका लागि राहत सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरिन् ।

    “हामीसँग आवश्यक सन्तुलित खानेकुरा सबै हुँदैन । नियमित आयश्रोत नहुँदा आर्थिक समस्या हुने नै भयो । परिवारमा बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या एकातिर छ भने अर्कातिर शिशुलाई कसरी स्वस्थ जन्माउने भन्ने पिर अर्कोतिर छ”, उनले भनिन्, “नगरपालिकाले खाद्यान्नसहित वितरण गरेको पौष्टिक आहाराले हामीजस्तो निमुखालाई ठूलो सहयोग पुगेको छ ।”

    अस्मिताजस्तै वडाका ३४ जना गर्भवती तथा १८ जना सुत्केरीले शुक्रबार पौष्टिक आहारसहितको पोषण सामग्री पाएका छन् । ती सामग्रीमा चामल, दाल, नुन, तेल, चना, मटर, सोयाविनलगायत खाद्यान्न सामग्री रहेको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत विन्देश्वर चौधरीले जानकारी दिए । उनका अनुसार विगत तीन वर्षदेखि नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई ‘रोटेसन’का आधारमा प्रत्येक महिनाको २२ गतेका दिन वितरण गरिन्छ ।

    नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने सुत्केरी तथा गर्भवतीलाई पोषण प्याकेज वितरण गर्ने नीतिका कारण सुविधा पाएसँगै अहिले उनीहरू स्वास्थ्य संस्थामा नियमित जाँच गर्न थालेको अधिकृत चौधरीले जानकारी दिए । उनका अनुसार यस कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसकेका छन् ।

    गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरेको प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने शिशु स्वास्थ्य होस भन्ने चाहनाले सुत्केरी तथा गर्भवतीलाई पोषण कार्यक्रम सुरु गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । उनले भने, “सुत्केरी अवस्थामा अति विपन्न परिवारका सुत्केरी महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यसमेतमा समस्या हुन्छ । त्यसैलाई रोक्नका लागि थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ, अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”

    नगरपालिकाभित्र विपन्न तथा दलितको जनसङ्ख्या उल्लेख्य भएकाले यहाँका सुत्केरी तथा गर्भवतीको पोषणको अवस्था सुधारका लागि आगामी दिनमा पनि पोषण ‘प्याकेज’को यस कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख चौधरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो
  • नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक
  • साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्
  • रोशनी शाही मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    News

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑