काठमाडौं । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-१ स्थित रामपुरवा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले आठ लाख छ हजार रुपैयाँ बराबरको मोबाइल सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको सुरक्षा टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्रिँदै गरेको २९७ थान इयरबड्स, दुई हजार थान मोबाइल टेम्पर ग्लास र दुई हजार थान इयरफोन बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा गरिएको यस कारबाहीमा बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाइएको छ ।
सीमा क्षेत्रमा भइरहेको अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय थप सक्रिय भएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।