बिरगंज । मतपेटीमा सिल नम्बर फरक रहेको भन्दै बिवादका कारण रोकिएको मतणना सुरु हुने तयारी भईरहेको छ । फरक फरक माग सहित विद्यार्थीहरुले बिरोध पनि जारी राखेका छन । केहि समुहले मतगणना सुरु गर्नु पर्ने माग गरिरहेका छन भने केहि अदालत सम्म पुगि सकेका छन ।
यसै क्रममा अनेरास्वबियुको तर्फबाट सभापति पदका उम्मेदवार पवन यादवले उच्च अदालतमा रिट दिएकोमा परमादेश जारी भएको छ । आदेशमा भोलि अर्थात चैत्र १४ गते छलफलको पेशी तोकिएको छ र १५ दिन भित्र ठाकुरराम बहुमुखि क्याम्पसले निवेदक सभापति पदका उम्मेवदार पवन यादवको माग अनुसारको निषेधाज्ञा किन न जारी गर्ने बिषयमा जवाफ माग गरिएको छ । निवेदकको तर्फबाट बरिष्ठ अधिवक्त दिपकराज भण्डारी बहस गर्नु भएको थियो ।
भोलि अर्थात चैत्र १४ गतेको लागि छलफलको पेशी तोकिएको भएपनि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अदालतको आदेश बिपरीत मतगणना सुरु गर्ने तयारीमा रहेका छन ।यसलै झनै बिवाद बढने देखिएको छ । यसै क्रममा पछिल्लो समय निर्वाचन अधिकृतले हिजो राजिनामा समेत दिएका छन । उनको राजिनामा स्वकृति भने नभएको देखिएको छ ।