• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोबाइलको लत : कतै हामी पाभ्लोभको कुकुर त बनिरहेका छैनौं ?

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०८१, बिहीबार ०९:०९
  • ६४१

    काठमाडौं । मोबाइलमा नोटिफिकेसन बज्यो । हत्तपत्त निकालेर हेर्नुभयो तर खासै काम लाग्ने सूचना केही पनि फेला पर्दैन । तपाईंलाई यस्तो भइरहेको छ ?

    फोनबाट केही टाढा हुँदा तपाईंलाई एकप्रकारको बेचैनी महसुस हुन्छ ? यदि त्यसो हो भने, तपाईंले सोचेभन्दा बढी नै समस्या भइसकेको हुनसक्छ अर्थात् तपाईं मोबाइलको लतमा फसिसकेको हुनसक्नुहुन्छ ।

    हालै भएको एक अध्ययनले स्मार्टफोनको लत रूसी वैज्ञानिक इभान पाभ्लोभको कुकुरहरूमाथि गरिएको प्रसिद्ध प्रयोग जस्तै रहेको निष्कर्ष निकालेको छ । हाम्रो दिमागले सूचनाको घन्टीमा दिएको प्रतिक्रिया र पाभ्लोभका कुकुरहरूको व्यवहार उस्तै भएको देखिएको अध्ययनको निष्कर्ष छ ।

    पाभ्लोभको अध्ययनमा एक साधारण घण्टीको आवाजको प्रतिक्रियामा कुकुरहरूलाई र्‍याल निकाल्न सिकाइएको थियो, ठीक त्यस्तै हाम्रो मस्तिष्क पनि नोटिफिकेसनको ‘पिङ’ सुन्दा स्वचालित रूपमा प्रतिक्रिया दिन थाल्छ।

    अनुसन्धानमा ७८ प्रतिशत सहभागीहरूले घण्टामा कम्तीमा एक पटक आफ्नो फोन जाँच्ने गरेको स्वीकारे, कतिपयले त दिनभरि ५० पटकसम्म फोन अनलक गर्ने गरेको बताए

    पाभ्लोभका कुकुरहरूले झैं हाम्रो दिमागले अब सूचनाको पूर्वानुमानमा डोपामाइन रिलिज गर्छ। डोपामाइन नामको एकप्रकारको न्यूरोट्रान्समिटर अर्थात् रासायनिक सन्देशवाहकको श्राव डोपामाइन रिलिज हो ।

    बुझ्ने भाषामा भन्दा डोपामाइन श्राव हुनु भनेको हाम्रो दिमागले हामीलाई ‘राम्रो महसुस’ गराउने रसायन उत्पादन गर्नु हो।

    तर, डोपामाइनको अत्यधिक रिलिजले एकप्रकारको लत लाग्न सक्छ। उदाहरणका लागि ड्रग्स, अल्कोहल र जुवा जस्ता गतिविधिहरूले डोपामाइनको अत्यधिक रिलिज गर्दछ, जसले लत निम्त्याउँछ। अहिले मोबाइलको आदत पनि यही सूचीमा थपिएको छ ।

    मोबाइलमा कुनै नोटिफिकेसनको आवाज आउनासाथ हामीलाई त्यस्तै केही नयाँ सूचनाको आशा हुन्छ तर मोबाइल चेक गर्दा त्यस्तो देखिंदैन ।

    इभान पेट्रोभिच पाभ्लोभ एक रुसी फिजियोलोजिस्ट हुन् । उनले शास्त्रीय अनुबन्धन सम्बन्धी मनोवैज्ञानिक सिद्धान्त प्रतिपादन गरेका छन्, जसले सिकाइको प्रक्रिया सिकाउँछ ।

    स्क्रोलिङको विज्ञान

    अष्ट्रेलियामा अमेजन किन्डलले गरेको एक अनुसन्धान अनुसार, स्मार्टफोनले हाम्रो मस्तिष्कलाई गहिरोगरी पुनर्संरचना गरिसकेको छ।

    अनुसन्धानमा ७८ प्रतिशत सहभागीहरूले घण्टामा कम्तीमा एक पटक आफ्नो फोन जाँच्ने गरेको स्वीकारे, कतिपयले त दिनभरि ५० पटकसम्म फोन अनलक गर्ने गरेको बताए।

    त्यस्तै, ८६ प्रतिशत व्यक्तिले बेलुका नजिकिँदै जाँदा तनाव महसुस गर्ने बताए, जो निरन्तर स्क्रिन जाँच गर्ने बानीसँग प्रत्यक्ष रूपमा जोडिएका थिए।

    ६९ प्रतिशत सहभागीहरूले उनीहरू निर्धारित समयभन्दा ढिलो सुत्न जान्छन् किनभने उनीहरू सूचनाहरू जाँच गर्ने, स्क्रोल गर्ने र अर्थहीन ट्याप गर्ने चक्रमा फसिरहेका हुन्छन्
    नोटिफिकेसनले मस्तिष्कलाई कसरी प्रभाव पार्छ?

    न्यूरोसाइन्स विज्ञ डा. मार्क विलियम्सका अनुसार, कुनै पनि नोटिफिकेसन-भाइब्रेशन, पिङ वा स्क्रिन उज्यालो हुने क्रियाले मात्र पनि हाम्रो मस्तिष्कको संज्ञानात्मक नियन्त्रण प्रणालीलाई सक्रिय गरिदिन्छ।

    ‘यो निरन्तरको विचलनले हाम्रो ध्यान सधैं ‘हाई अलर्ट’ मा राख्छ, जसले गर्दा गहिरोगरी ध्यान दिन कठिन हुन्छ,’ उनले भने।

    पाभ्लोभका कुकुरहरूले घण्टीको आवाज सुन्दा र्‍याल निस्काउने बानी बसाले जस्तै, हाम्रो मस्तिष्कले पनि नोटिफिकेसनको आशामा ‘डोपामिन’ निकाल्न थाल्छ। परिणामस्वरूप, हामी निरन्तर फोन चेक गर्न बाध्य हुन्छौं- प्रायः त्यहाँ कामलाग्ने सूचना नभए पनि ।

    बिथोलिइरहेको निद्रा

    अध्ययनले फोनको लतको अर्को डरलाग्दो परिणाम निद्रामा बाधालाई मानेको छ । ६९ प्रतिशत सहभागीहरूले उनीहरू निर्धारित समयभन्दा ढिलो सुत्न जान्छन् किनभने उनीहरू सूचनाहरू जाँच गर्ने, स्क्रोल गर्ने र अर्थहीन ट्याप गर्ने चक्रमा फसिरहेका हुन्छन् ।

    विलियम्सले यी बानीहरूले निद्रालाई मात्र असर नगरेर दीर्घकालीन मानसिक स्वास्थ्यलाई पनि असर गरिरहेको बताए।

    ‘स्मार्ट फोन र डिजिटल उपकरणहरूसँग निरन्तर संलग्नताले हाम्रो दिमागलाई तीव्र ध्यान भंगका लागि प्रेरित गर्छ, जसले दैनिक जीवनमा ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ। समयसँगै, यसले उत्पादकता घटाउन, चिन्ता बढाउन र अन्ततः मानसिक थकान (बर्नआउट) निम्त्याउन सक्छ।’

    डिजिटल एम्बुसबाट कसरी मुक्ति पाउने ?

    विशेषज्ञहरूका अनुसार, स्मार्टफोन लतबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ:

    अनावश्यक नोटिफिकेसन बन्द गर्नुहोस् – फोन कम बज्ने भएमा, मस्तिष्कले पनि नोटिफिकेसनको आशा गर्न छोड्छ।

    फोन नचलाउने समय तोक्नुहोस् – विशेषगरी सुत्नुअगाडि, फोनबाट टाढा बसेर ध्यान पुन: केन्द्रित गर्नुस्।

    ‘डु नट डिस्टर्ब’ मोड प्रयोग गर्नुहोस् – यसले काम वा फुर्सदको समयमा अनावश्यक बाधा हटाउन मद्दत गर्छ।

    डिजिटल डिटक्स अपनाउनुहोस् – डिजिटल डिटक्स डिजिटल प्रविधिप्रतिको अत्यधिक निर्भरता घटाउने उपाय हो । यसका लागि डिजिटल उपकरणहरू, जस्तै स्मार्टफोन, कम्प्युटर, ट्याब्लेट, र सामाजिक सञ्जालको प्रयोगलाई निश्चित समयका लागि कम गर्ने वा पूर्ण रूपमा बन्द गरिन्छ ।

    यसमा कुनै पनि बानी बदल्नु जस्तै, स्थायी वा अस्थायी रूपमा स्क्रिनबाट टाढा रहने अभ्यास गरिन्छ ।

    के हामी सच्चिन सक्छौं ?

    प्रविधि हाम्रो जीवनको अभिन्न अंग बनेको छ । प्रश्न जन्मिएको छ- डिजिटल उपकरण हामीले चलाइरहेका छौं कि डिजिटल प्रविधिले हामीलाई ?

    जवाफ सजिलो छैन । तर, यी कुराहरू मानिसको नियन्त्रणमा हुनुपर्छ ।

    यस अध्ययनको नतिजाले पनि हामी पाभ्लोभका कुकुरहरू जस्तै प्रत्येक बीप र बजमा सहज रूपमा प्रतिक्रिया दिन तयार भइरहेको निष्कर्ष निकालेको छ ।

    यदि आदतको अदृश्य डोरीहरूले हामी बाँधिएका छौं भने पनि यसलाई समाउन छाडिदिनुपर्छ । मुक्त हुने दिशातिर अगाडि बढ्नुपर्छ ।

    त्यसो भए के गर्ने ? मोबाइलमा नोटिफिकेसन बज्यो ? हतारिन आवश्यक छैन । केही डुब्नेवाला छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑