• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट ६ महिनामा भित्रियो २५ हजार ५०० किलोलिटर इन्धन

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०८१, शुक्रबार ०८:४१
  • ८६१

    वीरगन्ज,२२फागुनःनेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै ६ महिनायता डिजेलसँगै २५ हजार ५ सय किलोलिटर पेट्रोल र मट्टितेलसमेत भित्र्याएको छ ।

    नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख प्रलयंकर आचार्यका अनुसार पाइपलाइनबाट पहिलोपटक गत वर्ष अक्टोबर ४ मा ५ हजार ५ सय किलोलिटर पेट्रोल पहिलोपटक भित्रिएको थियो ।

    गत वर्षकै डिसेम्बर ११ मा १० हजार किलोलिटर मट्टितेल र यस वर्षको जनवरी १० मा १० हजार किलोलिटर थप पेट्रोल भित्रिएको हो । यसअघि पाइपलाइनबाट डिजेल मात्रै आयात भइरहेको थियो । हाल पेट्रोल र मट्टितेल भित्र्याउन कुनै प्राविधिक समस्या नरहेको आचार्यले बताए । उनका अनुसार पाइपलाइनबाट भित्रिएको पेट्रोल र मट्टितेल आवश्यकताअनुसार थानकोट, विराटनगर, पोखरा र जनकपुर डिपोतर्फ पनि नियमित पठाउने गरिएको छ ।

    अमलेखगन्ज डिपोको ट्यांकमा ५ हजार किलोलिटर भन्दा कम इन्धन मौज्दात हुनुअघि पाइपलाइनबाट भित्र्याउने गरिएको आचार्यले जानकारी दिए । ‘५ हजार किलोलिटरभन्दा कम मौज्दात हुन दिइँदैन,’ उनले भने, ‘यसभन्दा कम हुने अवस्था आएलगत्तै पाइपलाइनबाट आयात गरिहाल्छौं ।’

    पाइपलाइन विस्तार परियोजना अन्तर्गत अमलेखगन्जस्थित प्रादेशिक डिपोमा ४ वटा नया ट्यांक निर्माण भएको छ । तिनमा ५ हजार १ सय किलोलिटर क्षमता भएका दुई र ४ हजार १ सय किलोलिटर क्षमता भएको दुई गरी ४ वटा ट्यांक छन् । तीमध्ये ३ वटा पेट्रोल भण्डारण गर्न र एउटा डिजेल भण्डारणमा प्रयोग गरिँदै छ । त्यससँगै दुईवटा २ सय ५० किलोलिटर ट्रान्समिक्स ट्यांकसमेत निर्माण भएको छ । डिपोभित्र २ किलोमिटर नयाँ पाइपलाइन पनि बिच्छयाइएको छ ।

    पुराना र नयाँसमेत गरी हाल डिपोमा २ करोड ५५ लाख ९३ हजार लिटर डिजेल, एक करोड ७४ लाख ९८ हजार लिटर पेट्रोल र २२ लाख ६० हजार लिटर मट्टितेल भण्डारण गर्न सक्ने गरी ट्यांक छन् । पेट्रोल ढुवानीका लागि दुई दर्जन पूर्ण स्वचालित लोडिङ वे–रिफिलर पम्प हाउस र प्रयोगशालासमेत निर्माण गरिएको छ । डिपोमा विगतमा एक ट्यांकर इन्धन भर्न ३० देखि ४० मिनेटभन्दा बढी समय लाग्ने गरेकामा अब त्यसको आधा समयमै इन्धन भरिनेछ ।

    परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी भारतीय कम्पनी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । परियोजनाको टेन्डर आह्वान पनि भारतीय पक्षले गरेको थियो ।

    इन्डियन आयल कर्पोरेसन र नेपाल आयल कर्पोरेसनबीचको सम्झौताअनुसार १ सय २८ करोड भारु लागतमा दोस्रो चरणको परियोजनाको काम सम्पन्न भएको हो । परियोजनामा प्राविधिक काम भारतीय पक्षले र आर्थिक पाटो नेपाली पक्षले हेरेको छ । कुल लागत रकम नेपाली पक्षले भारतीय पक्षलाई किस्ताबन्दीमा हस्तान्तरण गर्ने छ ।आगलागीजस्ता दुर्घटनाबाट जोगिन डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक समेत निर्माण गरिएको छ ।

    पाइपलाइन परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ भदौ २५ देखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको थियो । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडामा करिब ४० देखी ५० प्रतिशत बचत हुने दाबी गरिएको छ । सवारी दुर्घटना र वीरगन्ज भन्सार तथा आसपासको क्षेत्रमा हुँदै आएको सवारी जाम पनि कम भएको छ ।शंकर आचार्य कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑