सानो उमेरमै आफ्नो सुपुत्रको प्रतिभा देखेर श्री बल्लभको पिताले आठ वर्षको उमेरमा उनलाई शिक्षाको लागि आचार्य विष्णुसिट्टाको मा पठाए। तेह्र वर्षको उमेरमा श्री बल्लभले वेद-वेदांग आदि जस्ता सबै धर्मशास्त्रहरूको पूर्ण अध्ययन गर्नुभैसकेको थियो।
श्री बल्लभको उमेर बढ्दै गएसँगै उहाको ज्ञानको प्रसिद्धि चारै दिशामा प्रसारित हुन थाले । पछि श्री बल्लभले शंकराचार्यको उपदेशहरुको खण्डन गर्दै ब्रम्हाले पनि यो जगतको सत्यता नबुझेको भनि बताउनुभयो । यसैकारण श्री वल्लभका दार्शनिक सोचलाई “शुद्धाद्वैत” पनि भनियो। उहाको दार्शनिक सोचहरुबाट अति प्रेरित भएर नै त्यसबेलाको विजयनगरका राजाले श्री बल्लभलाई श्रीमद् आचार्यको उपाधिले विभूषित गर्नुभयो। त्यसबेला देखि नै श्री बल्लभ महाप्रभु वल्लभाचार्यको रूपमा प्रतिष्ठित हुनुहुन्छ।