• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    केआईआईटी विश्वविद्यालयबाट लखेटिएका १४ सय नेपाली विद्यार्थीले होस्टेल फर्किन राखे ८ बुँदे सर्त

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०८१, मंगलवार १२:१७
  • १८६९

    काठमाडौं । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यहार भोग्नु परेकाले उनीहरुले पुनः होस्टेल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे सर्तहरु अघि सारेका छन् । ती यसप्रकार छन् –
    १, न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानूनअनुसार कारबाही गरिनुपर्छ ।
    २, प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।
    ३, पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्छ ।
    ४, नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।
    ५, विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानूनी कारबाहीको सामना गर्नुपर्छ ।
    ६, सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानूनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्छ ।
    ७, विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति उपलब्ध गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ ।
    ८, कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको) लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।
    नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि विरोध प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुलाई छानीछानी आक्रमण गरिएको उनीहरुको गुनासो छ । आज बिहान पनि होस्टेलमा बसिरहेका केही नेपाली विद्यार्थीहरुलाई बाउन्सर जस्ता देखिने भारतीय व्यक्तिहरुले कुटपिट गरेको उनीहरुले बताएका छन् । एक नेपाली विद्यार्थीले भनेका छन्, ‘आज बिहान करिब ८ बजे १०–१२ जना गुण्डा जस्तो देखिने बाउन्सरहरू केपी ८ ए, केपी ८ बी–सी र केपी २६ मा रहेका नेपाली विद्यार्थीहरूको कोठामा जबरजस्ती प्रवेश गरे । उनीहरूले नेपाली हो ? भनेर सोधे र नेपाली भएको पुष्टि भएपछि निर्ममतापूर्वक कुटपिट गरे ।’
    ‘ती आक्रमणकारीले नेपाली विद्यार्थीहरूलाई दुई–तीन मिनेटमै सामान प्याक गर्न आदेश दिँदै ढिलाइ गरे थप आक्रमण गर्ने धम्की दिए’ उनले भने, ‘फोनमा कुरा गरिरहेका विद्यार्थीहरूको मोबाइल खोसेर इन्स्टाग्राम, ह्वाट्सएका फोटो तथा म्यासेजहरू चेक गरे । जसले फोन दिन अस्वीकार गरे, उनीहरूलाई कुटपिट गरे ।’
    लम्सालको मृत्यु भएको विषय सार्वजनिक भएलगत्तै गम्भीर छानबिन माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन थालेका थिए । त्यसपछि नेपाली विद्यार्थीहरु दुर्व्यवहार र आक्रमणको निशानामा परेका हुन् । यसअघि सेक्युरिटी गार्डजस्ता देखिने केही व्यक्तिहरुले एकजना विद्यार्थीलाई कुटपिट गरेको भिडियो समेत सार्वजनिक भएको थियो । यी घटनाका प्रमाणहरू सुरक्षित राख्न र सत्य उजागर गर्न नेपाली विद्यार्थीहरुले १७ फेब्रुअरी २०२५ को बिहान ७ बजेदेखि १२ बजेसम्मको अवधिका केपी ८ ए, केपी ८ ब्लक सी र बी तथा केपी २६को सीसीटीभी फुटेज हेर्न दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुलाई अनुरोध समेत गरेका छन् ।
    भारतीयपक्षले आक्रमण गर्दै भुवनेश्वर, कटक, खुर्दा र मञ्चेश्वर लगायतका रेलवे स्टेसनतर्फ लखेटेको गुनासो नेपाली विद्यार्थीको छ । ‘हामीसँग न त पैसा थियो, न टिकट, न खाना,’ ती विद्यार्थीले भनेका छन्, ‘केही नेपाली छात्राहरूलाई समेत जबरजस्ती हस्ताक्षर गराएर झूटो प्रमाण बनाइएको छ, जसमा उनीहरू आफूखुसी स्वदेश फर्कन लागेको व्यहोरा उल्लेख छ ।’
    केआईआईटी कलेजमा नेपाली विद्यार्थी पठाउने काठमाडौंस्थित एड्मिज एजुकेशन नेपालकी सञ्चालक रिता थापाका अनुसार, त्यहाँ अहिले कम्तिमा १४ सय नेपाली विद्यार्थी अध्ययनरत् छन् । भारतमा नेपाली विद्यार्थीको मृत्यु र आक्रमणका घटनापछि नेपालमा समेत विरोधका आवाज उठेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घटनामा चासो व्यक्त गर्दै दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुलाई घटनास्थलमा पठाइएको र नेपाली विद्यार्थीहरुलाई आफ्नो इच्छा अनुसार होस्टलमै बस्न वा घर फर्किन मिल्ने व्यवस्था मिलाइएको बताएका छन् । काठमाडौंस्थित भारतीय दूतावासले पनि नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूति दिलाउने भन्दै कलेज फर्किन र कक्षा सुरु गर्न भनेको थियो ।
    त्यसैकारण कलेज प्रशासनले १२ घण्टा नबित्दै दोस्रो सूचना जारी गरी नेपाली विद्यार्थीहरूलाई फर्किन अनुरोध गरेको थियो । जबकी सोमबार दिउँसो केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई कलेज र होस्टल छाडेर जान उर्दी जारी गरेको थियो । त्यसपछि नेपाली विद्यार्थीहरुमाथि आक्रमण तीव्र भएको थियो । नेपाली विद्यार्थीहरुलाई कलेज फर्काउन पहल भइरहे पनि उनीहरु त्रसित छन् । ‘भारतीय मिडियाहरुले पनि यो घटनाको रिपोर्टिङ गर्न थालेपछि रेलवे स्टेसनहरूमा प्रहरीहरु खटाएर नेपाली विद्यार्थीहरूलाई कलेजमा फर्काउने प्रयास गरिरहेको छ,’ एक नेपाली विद्यार्थीले भने, ‘ओडिशाका मुख्यमन्त्री र शिक्षामन्त्री कलेज निरीक्षण गर्न आउने अनुमान समेत भएकाले कलेज प्रशासनले नरम जस्तो देखिएको छ, तर हामी अझै पनि त्रासमा छौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑