• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरका १८ अस्पताल बन्द

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०८१, मंगलवार ११:३६
  • ७७७

    वीरगंज | मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहसहितको टोलीले गरेको अनुमगनबाट जनकपुरधामका १८ वटा अस्पताल बन्द भएका छन् । मुख्यमन्त्री सिंह तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीसहितले गत सातादेखि थालेको नीजि अस्पताल अनुगमनबाट दर्ता प्रक्रियाबिना सञ्चालनमा आएका १८ वटा अस्पताल बन्द भएका हुन् ।

    अनुगमन टोलीले ४० नीजि अस्पताल अनुगमन गरिसकेको छ । यहाँका बिनादर्ता सञ्चालित मुस्कान अस्पताल, अरमान हस्पिटल, सहयोग हस्पिटल, जनकपुर मोर्डन हस्पिटल, माँ गायत्री मेमोरियल हस्पिटल, रामा मेमोरियल हस्पिटल, जनकपुर सिता हस्पिटल, बिएन हस्पिटल, ज्योति आँखा अस्पताल, जनकपुर गोल्डेन हस्पिटल, जनकपुर मधेश हस्पिटल, लाइफ केयर एण्ड रिसर्च सेन्टर, न्युरो सेन्टर, कृष्णा अस्पताल, जनकपुर गोदावरी हस्पिटल, जनक मेमोरियल हस्पिटल, गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र जनकपुर मोडल अस्पताल बन्द भएका छन् ।

    यस्तै, अनुगमनबाट नवीकररण नभएका अस्पतालमा समर हस्पिटल, श्रीराम हस्पिटल, जनकपुर ग्राण्डी अस्पताल, साई मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, ओम दीर्घायु अस्पताल, मिहीलाल एन्टरनेशनल, जनकपुर सुरक्षा अस्पताल, विनयतारा फाउण्डेशन, धनुषा अस्पताल, जनकपुर सिटी, नवजीवन अस्पताल, बैदेही अस्पताल, एडभान्स सिटी एण्ड डाइगनोष्टिक सेन्टर रहेका छन् ।

    अनुगमनका क्रममा कागजी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका जनकपुरधामका अस्पतालमा नैना अस्पताल, म्याक्स लाइफ, स्वस्तिक अस्पताल, हिरा हस्पिटल एण्ड रिसर्च सेन्टर, न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर, कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर, जीवन ज्योति, केयर मेडिकल सेन्टर र अपोलो अस्पताल भेटिएको जनाएको छ ।

    मुख्यमन्त्री सिंह तथा प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले अनुगमनको क्रममा बन्द गराएका १८ अस्पताललाई दर्ता प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न पाउने चेतावनी दिएको छ । नवीकरण नभएका १३ अस्पताललाई नवीकरणका लागि दुई महिनाको समयावधि दिएको छ ।

    अनुगमन गरिएकोमध्ये नौवटा अस्पताल विधिवत रुपमा सञ्चालन रहेको पाइएको अनुगमन समितिका सदस्य एवं मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले जानकारी दिनुभयो ।

    उहाँले कुनै पनि निकायबाट अस्पताल सेवा सञ्चालन स्वीकृति नलिइ सञ्चालन भएका १८ अस्पताल बन्द गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बन्द भएका अस्पतालले दर्ता गरेर पुनः सञ्चालन गर्न सकिन्छ ।”

    मुख्यमन्त्री एम्बुलेन्स चालक

    अस्पतालमा स्वास्थ्य सेवामा भइरहेको अनियमित्ताको जरोसम्म पुग्न मुख्यमन्त्री सिंहले आइतबार राति नाटकीय शैली अपनाउँदै एम्बुलेन्स चालक भएर फोन वार्तालाभ गर्नुभएको छ । उहाँले आफैंलाई एम्बुलेन्स चालकको रूपमा परिचय गराउँदै मोडल अस्पतालका गार्डलाई फोन गर्दा स्वास्थ्य क्षेत्रमा भइरहेको दलालीको पर्दाफास गर्नुभएको हो ।

    मुख्यमन्त्री सिंहले आफूलाई ३११२ नम्बरको एम्बुलेन्सचालक सरोज भनेर चिनाउँदै बिरामी लिएर अस्पतालमा भर्ना गराउन खोजेको फोनवार्ताका क्रममा अस्पताल पक्षले अनावश्यक शुल्क असुल्ने, दलालमार्फत बिरामी भित्र्याउनेजस्ता गतिविधि खुलेका छन् ।

    मुख्यमन्त्री सिंहले भन्नुभयो, “दलाली गरेर बिरामीलाई आर्थिक शोषण गर्ने कार्य सह्य हुँदैन । प्रदेश सरकारले यस्ता अनियमित गतिविधि नियन्त्रण गर्न कडाइका साथ लागेको छ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑