• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काँग्रेस नेतृत्वको पकाहामैनपुरको कमजोर प्रदर्शन

  • वीरगंज संजाल
  • ४ फाल्गुन २०८१, आईतवार ११:०९
  • ६८१

    वीरगञ्ज । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रकाशित स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकाले सबैभन्दा कमजोर प्रदर्शन गरेको छ । आयोगको मूल्याङ्कनमा पकाहामैनपुर जम्मा ३२ अङ्क प्राप्त गर्दै जिल्ला कै सबैभन्दा कमजोर स्थानीय तहका रूपमा देखिएको छ ।

    नेकपा (एमाले) को नेतृत्वमा रहेको पर्सा जिल्लाकै ठोरी गाउँपालिकाले ७१.२ अङ्क प्राप्त गर्दै मधेस प्रदेशमै पहिलो स्थान हासिल गरिरहँदा नेपाली काँग्रेसको बहुमत नेतृत्व रहेको पकाहामैनपुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर साबित भएको हो । पकाहामैनपुरमा तीन जना वडा सदस्य बाहेक अध्यक्ष, उपाध्यक्ष, पाँचै वडाध्यक्ष र वडा सदस्यमा समेत काँग्रेस विजयी भएको थियो ।

    गाउँपालिकाको कमजोर प्रदर्शनले नेपाली काँग्रेस पर्साको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्नहरू तेर्सिएको छ । एउटै जिल्लाका दुई गाउँपालिकाहरूको कार्यसम्पादनमा आएको अत्यधिक अन्तरले स्थानीय सरकारको कार्यक्षमतामा नेतृत्वको मुख्य भूमिका हुने देखाएको छ ।

    कार्यसम्पादन मूल्याङ्कन सार्वजनिक भएपछि नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वमाथि गम्भीर प्रश्नहरू उठाएका छन् । पार्टीले आन्तरिक समीक्षा गर्नुपर्ने बताउँदै उनले लेखेका छन् – “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गरिएको मूल्याङ्कनमा सम्पूर्ण वडासहित प्रचण्ड बहुमतसहित निर्वाचित पकाहामैनपुर गाउँपालिका प्रदेशमै निम्न स्तरमा रहेकोमा पार्टीको केही जिम्मेवारी हुन्छ कि? पार्टी टिकट झ्याल मात्र हो? जनतासँग पार्टीको नाममा भोट माग्ने तर काममा असफलताको जिम्मेवारी नलिने? मनन गरौँ, जनता सर्वोपरि हो!”

    कुनै समय नेपाली काँग्रेस पर्सा जिल्लाकै सबैभन्दा शक्तिशाली पार्टी थियो, तर आज पार्टी कमजोर बन्दै गएको छ । स्थानीय तहमा राम्रो नतिजा ल्याउन सक्ने ठाउँमा समेत ध्यान नदिँदा कार्यसम्पादन मूल्याङ्कनमा कमजोर अङ्क आउनु पार्टीकै लागि लज्जाको विषय बन्नुपर्ने हो । तर, पार्टीको नेतृत्व मौन छ ।

    द्विवेदीले पार्टीको वर्तमान नेतृत्वको गलत निर्णयहरूकै कारण सङ्गठन कमजोर बन्दै गएको सङ्केत गरेका छन् । उनले नेपाली काँग्रेस नेतृत्वले यस विषयमा आधिकारिक धारणा सार्वजनिक नगर्नु र आन्तरिक समीक्षा नगर्नु गम्भीर कमजोरी भएको औँल्याएका छन् ।

    अजय द्विवेदी नेपाली काँग्रेस पर्साका पूर्व जिल्ला सभापति हुन् । गत आम निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि उनले पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीमाथि पार्टीले कारबाही समेत गरेको छ ।

    नेपाली काँग्रेस नेतृत्वले हालसम्म पकाहामैनपुर गाउँपालिकाको कमजोर प्रदर्शनबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । स्थानीय तहमा पार्टीको पकड मजबुत हुँदाहुँदै पनि राम्रो शासन दिन नसक्नु काँग्रेसकै कमजोरी रहेको आलोचकहरूको भनाइ छ ।

    यद्यपि, काँग्रेसकै नेतृत्वमा रहेको अर्को गाउँपालिका पटेर्वासुगौलीले भने राम्रो प्रदर्शन गरेको छ । कार्यसम्पादन मूल्याङ्कनमा पटेर्वासुगौली गाउँपालिकाले मधेस प्रदेशमै दोस्रो स्थान हासिल गरेको छ । पटेर्वासुगौलीमा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली काँग्रेसबाट निर्वाचित छन् । तर, त्यहाँ पकाहामैनपुर जस्तो काँग्रेसको पूर्ण बहुमत छैन ।

    पकाहामैनपुर गाउँपालिकामा भ्रष्टाचारका आरोपहरू बाहिरिनु, योजनाहरूको अव्यवस्थित कार्यान्वयन, र जनअपेक्षालाई बेवास्ता गरिनु जस्ता कारणहरूले जनता निराश भएको देखिन्छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी सिर्जनामा महत्त्वपूर्ण सुधार गर्न सकेको छैन । फलस्वरूप पकाहामैनपुर कार्यसम्पादन मूल्याङ्कनमा फेल भएको देखिन्छ ।

    गाउँपालिकाको कमजोर प्रदर्शन काँग्रेसका लागि राजनीतिक नैतिकताको विषय बनेको छ । स्थानीय तहको चुनावमा मतदाताहरूले काँग्रेसलाई अत्यधिक विश्वास दिए पनि नेतृत्वले नागरिकको विश्वासको कदर गर्न नसकेको कार्यसम्पादन मूल्याङ्कनको अङ्कले प्रस्ट हुन्छ ।

    अहिले पार्टीभित्रै उठेका गम्भीर प्रश्नहरूले काँग्रेसका लागि आगामी निर्वाचनमा चुनौती थप्न सक्छ । जनताको भोट लिएर सत्तामा पुगे पनि काममा असफल हुने परिपाटी कायम रह्यो भने, आगामी चुनावहरूमा काँग्रेसले जनताको म्यान्डेट गुमाउन सक्छ ।

    नेपाली काँग्रेसले पकाहामैनपुर गाउँपालिकाको कमजोर प्रदर्शनलाई गम्भीर रूपमा नलिने हो भने, स्थानीय र राष्ट्रिय तहमा पार्टीको लोकप्रियता थप घट्ने सम्भावना देखिन्छ ।

    “काम नगर्ने नेतृत्वलाई कारबाही गर्ने कि अझै पनि पार्टीभित्र मौन रहने?” अहिले काँग्रेसभित्र उठिरहेको मुख्य प्रश्न बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑