आज:
  • होमपेज / Breaking News

    एच.पि.भी. खोप अभियानमा सहयोग गरिदिन प्रमुख प्रशासकीय अधिकृत रौनियारको आग्रह

  • वीरगंज संजाल
  • २८ माघ २०८१, सोमबार १४:५७
  • २२४१

    पर्सा । पर्साको धोबिनी गाउँपालिकामा यही माघ ३० गतेदेखि सुरु हुन गइरहेको किशोरीहरुको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पि.भी. खोप अभियान सम्बन्धी आज एक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

    स्वास्थ्य शाखा धोबिनीले आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालासँगको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएको हो। धोबिनी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादवले माघ ३० देखि फागुन १ गतेसम्म पालिकाका पाँच वडामा सञ्चालन हुने अभियानमा करिब २ हजार ५ सय जना बालिका र किशोरीलाई एच.पि.भी. खोप लगाइने जानकारी गराए।

    उक्त अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका र किशोरीलाई खोप लगाइने उनले बताए। यादवले स्वास्थ्यकर्मीहरूलाई कुनै पनि आग्रह वा पूर्वाग्रह नराखी लक्षित उमेर समूहका बालिका तथा किशोरीलाई खोप दिन आग्रह गरे।

    सहयोगको लागि आग्रह
    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियारले धोबिनी गाउँपालिकाभित्रका सबै बालिका तथा किशोरीलाई एच.पि.भी. खोप लगाउनका लागि अभिभावकहरूलाई सचेत रहन आग्रह गरे। साथै, अभियानलाई सफल बनाउन जनप्रतिनिधि, शिक्षक, राजनीतिकर्मी तथा सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

    स्वास्थ्य शाखा प्रमुख यादवका अनुसार एच.पि.भी. खोपको कुनै पनि नकारात्मक असर नरहेको हुँदा ढुक्क भएर बालिका तथा किशोरीहरूलाई खोप लगाउन गाउँबासीलाई अनुरोध गरिएको छ। नेपालमा दैनिक चार जना महिलाको मृत्यु पाठेघरको क्यान्सरका कारण हुने गरेको जानकारी दिँदै उनले यो खोप लगाएपछि पाठेघरको क्यान्सर नहुने विश्वास रहेको बताए।

    कार्यक्रममा व्यापक सहभागिता
    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष अबास मिया, राजकिशोर प्रसाद कुर्मी, बन्धु साह तेली, शिक्षा शाखा प्रमुख विजकिशोर त्रिपाठी, स्वास्थ्य शाखाका सहसंयोजन मनु पटेल, योजना शाखा प्रमुख पपु पटेल, जिन्सी प्रमुख प्रदीप पटेल, इन्जिनियर रविभूषण पटेल, तेजेन्द्र माली, गणेश शाही, दिलीप पटेल, कार्यपालिका सदस्य, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑