वीरगञ्ज । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।
महासङ्घको अनुसार आज चाँदी एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४५ हजार ४ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ९३ रुपैयाँ कायम भएको छ ।