• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रिय परिचयपत्रले नागरिकता फोटोकपी दुरुपयोग रोक्ने, आफ्नो डेटाको जानकारी हेर्न पनि मिल्ने

  • वीरगंज संजाल
  • २३ माघ २०८१, बुधबार २३:२३
  • १५६९

    अहिले एउटा व्यक्तिको नागरिकता अर्कोले प्रयोग गरिरहेको हुन्छ । त्यसमा दुरुपयोग हुने जोखिम उच्च छ । तर एउटाको राष्ट्रिय परिचयपत्र (एनआईडी) अर्कोले प्रयोग गर्न सक्दैन । यदि एनआईडी मार्फत बैंक खाता खोल्दा, कम्पनी दर्ता गर्दा वा सिम निकाल्दा बायोमेट्रिक अथेन्टिकेसन गरेको छ भने एउटाको नाममा हुने भएकाले अर्कोले प्रयोग गर्न सक्दैन । तपाईँको अधिकारको सुरक्षा राष्ट्रिय डिजिटल परिचयपत्रले गर्छ । अहिले आफ्नो नागरिकता कहीँ दिनुभयो र कसैले त्यसको फोटो खिच्यो भने त्यो कति ठाउँमा कपी भयो भन्ने तपाईँलाई थाहा हुन्छ ? हुँदैन । तर राष्ट्रिय परिचयपत्रका सन्दर्भमा मेरो डेटा क-कसले हेर्‍यो भन्ने कुरा सोध्नुभयो, कहाँ कहाँ प्रयोग भएको छ भन्ने जान्न खोज्नुभयो भने त्यसको उत्तर हामीले दिनुपर्छ र, हामी दिन्छौ पनि ।

    हामी एउटा यस्तो प्रणाली विकास गर्ने प्रक्रियामा छौँ, जसले तपाईँलाई तपाईँको व्यक्तिगत डेटा सम्बन्धी अझ बढी नियन्त्रण दिनेछ । अब, सिम इन्टिग्रेसन (SIM Integration) को काम पूरा भएपछि, हामी तपाईँलाई हाम्रो पोर्टलमार्फत स्वयम् नै तपाईँको डेटा पहुँचको विवरण हेर्न सक्ने सुविधा दिनेछौँ । यसका लागि तपाईँको एनआईडी (National ID) नम्बरसँग सम्बन्धित सिममा ओटीपी (One-Time Password) पठाइनेछ । तपाईँले त्यो ओटीपी प्रविष्ट गरेपछि, पछिल्लो छ महिनामा तपाईँको डेटा कसले एक्सेस गर्‍यो भनेर हेर्न सक्नु हुनेछ ।

    साथै, तपाईँको डेटाका वास्तविक मालिक तपाईँ नै हुनु हुन्छ । तपाईँको स्वीकृति बिना (जस्तै फिङ्गरप्रिन्ट प्रमाणीकरण) तपाईँको डेटा प्रयोग गर्न कसैले पनि पाउने छैन । यस प्रणालीले अधिकतम प्राइभेसी-सेन्ट्रिक समाधान प्रदान गर्नेछ, जुन हाल विश्वभर व्यापक रूपमा अपनाइदै आइएको छ ।

    हामी अहिले नागरिकको डेटा सुरक्षालाई अझ बलियो बनाउनका लागि नयाँ प्रणाली अपनाउँदै छौँ । हालको अवस्थामा नागरिकहरूको व्यक्तिगत जानकारी धेरै जोखिममा छ । जताततै फोटोकपी बाँडिएका छन्, पुन: प्रयोग भइरहेको छन्, जसले डेटा सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको छ ।

    हाम्रो प्रणालीको उद्देश्य यस्तो जोखिम घटाउने हो, बढाउने होइन । यसले नागरिकको डेटा अधिकार स्थापित गर्छ । तपाईँको एनआईडी नम्बर र बायोमेट्रिक भेरिफिकेसनको आधारमा बैंकमा गएर एक मिनेटमै खाता खोल्न सक्नु हुनेछ । यदि बैंकले खाता खोल्न ढिलाइ गर्‍यो भने तपाईँले ‘किन खोलिदिनु भएन’ भनेर सोध्न पाउनु हुन्छ । अब बैंकले तपाईँलाई थप कागजातहरू माग्दै दिन कुराउने स्थिति रहँदैन ।

    यस प्रणालीले नागरिकलाई आफ्नै डेटा र सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्छ । यो एक ‘राइट-बेस्ड सिस्टम’ हो जसले सेवाहरू सहज बनाउनेछ । कतिपयले यसबाट डेटा विदेश जान्छ कि भन्ने डर र गलत विचार राखेका छन् । तर हाम्रो प्रणाली हाम्रा आफ्नै इन्जिनियर र निजामती कर्मचारीले सञ्चालन गरिरहेका छन् । त्यसैले डेटा हाम्रो नियन्त्रणमै सुरक्षित रहन्छ ।

    हाम्रो प्रणालीमा आन्तरिक नियन्त्रण (Internal Control) निकै बलियो छ, जुन नेपालमा विरलै पाइन्छ । कुनै पनि मर्मत सम्भार गर्नु पर्‍यो भने पनि अनुमति नलिएर त्यो काम गर्न सकिँदैन । मर्मत सम्भार गर्ने व्यक्तिले सिस्टममा स्वतः पहुँच पाउँदैनन्, हामीले अनुमति दिएपछि मात्रै काम गर्न सक्छन् ।

    उदाहरणका लागि यदि कुनै कम्पोनेन्ट मर्मत गर्नु पर्‍यो भने सम्बन्धित व्यक्तिले कति समयका लागि हो, त्यसका लागि मर्मत सम्भार फ्रेम उपलब्ध गराउन अनुरोध गर्नुपर्छ । उनीहरूले के कारणले पहुँच चाहिएको हो भनेर स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ । तर, प्रत्यक्ष रूपमा उत्पादन प्रणाली (Production System) जहाँ संवेदनशील डेटा हुन्छ, त्यहाँ सिधै मर्मत सम्भार गर्न दिइँदैन ।

    पहिले परीक्षण वातावरण (Test Bench) मा आवश्यक सुधार परीक्षण गरिन्छ । जब सिस्टमले त्यहाँ सही रूपमा काम गरिरहेको पुष्टि हुन्छ, तब मात्र त्यसलाई उत्पादन प्रणालीमा लागु गरिन्छ । यसरी हाम्रो प्रणालीमा आन्तरिक नियन्त्रण मजबुत बनाइएको छ, जुन अधिकांश सरकारी प्रणालीहरूमा देखिँदैन ।

    एनआईडी अनिवार्य गर्ने निर्णयको उद्देश्य व्यक्तिको पहिचान सुनिश्चित गर्नु हो । यसका लागि विभिन्न मोडेलहरू अपनाउने गरिन्छ । पहिलो मोडेलमा एनआईडी नम्बर, नाम, थर र जन्ममिति जाँच गरेर व्यक्ति उही हो कि होइन भन्ने कन्फर्म गरिन्छ । दोस्रो मोडेलमा बायोमेट्रिक प्रमाणीकरणमार्फत पहिचानको थप सुनिश्चितता प्रदान गरिन्छ, जसले अझ बढी विश्वसनीयता दिन्छ ।

    यसमा विभिन्न विधिहरू प्रयोग गर्न सकिन्छ, तर एकै दिन सबैले बायोमेट्रिक प्रमाणीकरण गर्न सक्ने अवस्था नरहन सक्छ । त्यसैले एनआईडी अनिवार्य गरिए पनि यसको पूर्ण कार्यान्वयन चरणबद्ध रूपमा गरिनुपर्ने हुन्छ । उदाहरणका लागि यदि सबै प्रणालीहरू बायोमेट्रिक इन्ट्रिग्रेसनका लागि पूर्ण रूपमा तयार भइसकेका छैनन् भने पनि आधारभूत जानकारी प्रयोग गरेर पहिचान प्रमाणित गर्न सकिने गरी पोर्टल निर्माण गरिएको छ । यसले अनिवार्यतासँगै व्यवहारिक रूपमा कार्यान्वयनको सहजता सुनिश्चित गर्छ ।

    एनआईडीको भेरिफिकेसन प्रणालीलाई थप प्रभावकारी बनाउन हामीले नाम, थर, जन्ममिति र नागरिकता जारी मिति भरेपछि नेसनल आईडी नम्बर, फोटो र ठेगाना समेत देखिने पोर्टल तयार गरेका छौँ । यसबाट भेरिफिकेसन सजिलै गर्न सकिन्छ । यसले तत्काल पहिचान पुष्टि गर्न मद्‍दत गर्दछ ।

    (ढकाल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना प्रविधि निर्देशक हुन् ।)

    पछिल्लो अध्यावधिक: माघ २३, २०८१ १८:५०

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास
  • भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु
  • राजावादीले सुरु गरे धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    News

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    News

    राजावादीले सुरु गरे धर्ना

    News

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑