आज:
  • होमपेज / Breaking News

    पर्साका भूमीहिन दलित र सुकुम्बासीलाई जग्गा वितरणमा सहयाेग गर्न दलित अगुवाहरुसंग आयाेगकाे आग्रह

  • वीरगंज संजाल
  • २२ माघ २०८१, मंगलवार १७:०८
  • १३३७

    वीरगंज | भुमी समस्या समाधानआयाेग पर्साका अध्यक्ष तबरेज अहमदले पर्सा जिल्लामा सबैभन्दा बढी दलित समुदाय भूमहिन र सुकुम्बासी रहेकाे बताएका छन्।जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार आयाेगले दलित समुदायका अगुवा र दलित अधिकारकर्मीहरुसंग आयाेजना गरेकाे अभिमूखीकरण कार्यक्रममा अध्यक्ष अहमदले अहिलेकाे आयाेगले भूमीहिन दलितहरुलाई नै प्राथमिकतामा राखेर काम थालेकाे बताए ।

    भूमीहिन दलित र सुकुम्बासीकाे लागि भनेर यसअघि १८ वटा आयाेग गठन भएको तर समस्या समाधान हुन नसकेको भन्दै उनले अहिलेकाे आयाेग नै अन्तिम आयाेग बनाेस् भन्ने सरकारकाे इच्छा रहेकाले याे आयाेगले आफ्नो तीन वर्षे कार्यकालमै देशभरका भूमीहिन दलित र सुकुम्बासीकाे समस्या समाधान गर्ने लक्ष्य बनाएर काम थालेको बताए ।

    पर्सामा मात्र नभई देशभर नै सबैभन्दा बढी भूमीहिन र सुकुम्बासी दलित समुदायका व्याक्तिहरु रहेकाे भन्दै उनले त्यसैकारण उनिहरुकाे वास्तविक समस्या बुझ्न दलित समुदायका अगुवा र अधिकार्मीहरुलाई बाेलाएर अन्तरकृया गरिएको बताए ।उनले भने,`जुन समुदायकाे समस्या छ,समाधानकाे नेतृत्व पनि त्यही समुदायकाे हुनुपर्ने मान्यता म राख्छु।भूमीहिन दलित र सुकुम्बासीका समस्या समाधानमा आयाेगले थालेकाे काममा समन्वय,सहयाेग र साथ दिन दलित समुदायका अगुवा र अधिकारकर्मीहरुसंग उनले आग्रहपनि गरे।कार्यक्रममा दलितहरुका तर्फबाट आएका गुनासा र सुझावहरु बारे आँफुले केन्द्रकाे आयाेग र विभागमा पुगेर ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि उनले जनाए ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्साका भूमीहिन दलित र सुकुम्बासीलाई आयाेगले जग्गा वितरण गर्ने काममा कसैकाे दबाब र प्रभाव पर्न नदिने प्रतिबद्धता जनाए ।उनले भने,`पर्सा जिल्लामा हामीले इतर र भितरकाे गन्ध नआउने गरी काम गर्छाै,ढुक्क रहनु हाेला।´

    भूमीहिन र सुकुम्बासीकाे समस्या भुंई मान्छेकाे समस्या भएकाे भन्दै उनले भने,`याे समस्या भूंई मान्छेको समस्या हाे।गरिब दलितकाे समस्या हाे।त्यसकारण यसमा राज्यकाे निकाय निक्कै संवेदनशील भएर अगाडी बढेकाे छ।´

    समस्या समाधानका लागि आयाेगले जग्गा वितरण र व्यवस्थापनका लागि तय गरेकाे प्रकृया र मापदण्ड बारेकाे सही सूचना प्रवाह,समन्वय र सहकार्यका लागि दलित अगुवा र अधिकारकर्मीसंग उनले आग्रह पनि गरे।

    कार्यक्रममा पिस फर दलित फाउन्डेसनका अध्यक्ष मनाेज रामले भूमीहिन दलित र सुकुम्बासीलाई जग्गा वितरणका लागि आयाेगले बनाएका प्रकृया र मापदण्ड झन्झटिलाे रहेकाले त्यसलाई सहज बनाउन सुझाव दिए।पर्सा जिल्लामा यसअघिको आयाेगले लक्षीत समुदायकाे लगत संकलनका क्रममा धेरै व्याक्ती छुटेकाले अहिलेकाे आयाेगले ती व्याक्तीहरुलाई पनि समेट्नुपर्ने उनले सुझाव दिए।

    कार्यक्रममा नापी कार्यालय पर्साका प्रमुख राकेश झाले सरकार र आयाेगले निर्धारण गरेका लक्षित समुह,जग्गा वितरणको मापदण्ड,प्रकृया लगायतका बारेमा जानकारी गराएका थिए।

    अहमदकाे अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी अर्यालकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका दलित समुदायका अगुवा,दलित अधिकारकर्मी,भूमीहिन दलित र सुकुम्बासी,सञ्चारकर्मी लगायतकाकाे सहभागीता थियाे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑