आज:
  • होमपेज / Breaking News

    चीनबाट नेपालमा अत्यधिक लसुन आयात, भारततर्फ तस्करी भइरहेको शंका

  • वीरगंज संजाल
  • २० माघ २०८१, आईतवार ११:५७
  • २०२१

    वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट नेपालमा लसुनको आयात उच्च दरमा वृद्धि भएको छ। पछिल्लो पाँच आर्थिक वर्षको तुलनामा यस अवधिमा सबैभन्दा बढी लसुन नेपाल भित्रिएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ।

    विभागका अनुसार चालु आर्थिक वर्षको छ महिनामा मात्रै चीनबाट ६ अर्ब १८ करोड ३९ लाख २९ हजार रुपैयाँबराबरको ४ करोड ६९ लाख ३९ हजार किलो लसुन नेपालमा आयात भएको छ। सामान्यतया चीनबाट वार्षिक ५० करोडदेखि १ अर्ब रुपैयाँ बराबरको लसुन आयात हुने गरे पनि यसपटकको अत्यधिक मात्राको आयात शंकास्पद मानिएको छ।

    व्यवसायीहरूका अनुसार चीनबाट भित्रिएको लसुन खुला सीमाको फाइदा उठाउँदै भारत तर्फ तस्करी हुने गरेको छ। चीनबाट नेपालमा लसुनको आयात अत्यधिक बढ्नुको मुख्य कारण भारतमा उत्पादन कमी भई मूल्य वृद्धि हुनु हो।

    भारतमा लसुनको उच्च मूल्य, तस्करीको बढ्दो प्रवृत्ति
    भारतमा प्रतिकिलो लसुनको मूल्य ४ सय भारतीय रुपैयाँ (नेपाली ६३९.८५ रुपैयाँ) पुगेको छ, जबकि चीनमा सोही लसुन प्रतिकिलो करिब १५० देखि १६५ रुपैयाँ मात्र पर्छ। ढुवानी भाडासहित चीनबाट ल्याएको लसुन नेपालमा करिब १८० देखि १९० रुपैयाँ प्रतिकिलो पर्छ।

    नेपालमा भित्र्याइएको लसुन अनौपचारिक रूपमा भारत तस्करी गर्दा प्रति किलो करिब ३ सय रुपैयाँसम्मको नाफा हुने भएकाले आयात अत्यधिक परिमाणमा वृद्धि भएको व्यवसायीहरूको भनाइ छ।

    भन्सार राजस्व असुलीमा वृद्धि
    चालु आर्थिक वर्षको ६ महिनामा चीनबाट लसुन आयात हुँदा नेपाल सरकारले भन्सार महसुलबाट १ अर्ब ५९ करोड ६१ लाख रुपैयाँ राजस्व असुल गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा सो मात्र ५७ करोड ४० लाख रुपैयाँ मात्र थियो।

    सीमा क्षेत्रमा लसुन बरामद, तस्करीको पुष्ट्याइँ
    भारत तस्करी भइरहेको लसुन सीमा क्षेत्रमा पटक–पटक बरामद भइरहेको छ। केही साताअघि मात्रै भारतको मोतिहारी क्षेत्रमा भारतीय प्रहरीले करिब ७ सय मेट्रिक टन चिनियाँ लसुन बरामद गरेको थियो। त्यस्तै, जोगबनी नजिकै भारतीय सीमा सुरक्षा बल (SSB) ले १४८ र ३७५ किलो लसुन नियन्त्रणमा लिएको थियो।

    भन्सार विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठका अनुसार, पछिल्लो असोज महिनादेखि चीनबाट अस्वाभाविक रूपमा लसुन आयात भइरहेको देखिएको छ। “यसको कारण पत्ता लगाउन विभागले सूक्ष्म अध्ययन गरिरहेको छ,” उनले भने।

    चीनबाट अत्यधिक मात्रामा लसुन आयात हुनु र भारततर्फ तस्करी बढ्नु नेपालको आयात-निर्यात नीतिमा पुनर्विचार गर्नुपर्ने संकेत मानिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑