आज:
  • होमपेज / Breaking News

    अप्ठेरो सडकका कारण सर्लाहीको चुरे क्षेत्रमा बस दुर्घटना

  • वीरगंज संजाल
  • १६ माघ २०८१, बुधबार ११:०२
  • १५८१

    सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१५ को चुरे क्षेत्रमा बस दुर्घटनामा परेको छ।

    सर्लाही र सिन्धुलीको सीमा क्षेत्रमा पर्ने चुरेमा मंगलबार साँझ बस दुर्घटनामा परे पनि कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

    ‘लालबन्दीबाट १२ जना यात्रु लिएर सिन्धुलीको मरिण कपिलाकोटतर्फ जाँदै गरेको बा २ ख ६४३३ नम्बरको बस बिपरित दिशाबाट आउँदै गरेको जन्ती बोकेको अर्को बसलाई साइट दिने क्रममा चिप्लिएर सडकबाट झण्डै १० मिटर तल खसेको हो,’ इन्सपेक्टर पाठकले नेपालखबरसँग भने, ‘दुर्घटनामा बस चालकलाई सामान्य चोट लागे पनि अरु यात्रु सुरक्षित छन्।’

    एकतर्फी अप्ठ्यारो कच्ची सडकमा दुईवटा बस वारपार हुने ठाउँ नभएपछि दुवै बस रोकिएका थिए। बस रोकिएको मौकामा यात्रु बसका चालकबाहेक सबै यात्रु झरेपछि चालकले अघि बढाउने क्रममा बस पल्टिएको पाठकले बताए। ‘यात्रुहरु नझरेको भए मानवीय क्षति हुने थियो। तर, जोखिम देखेपछि यात्रीहरु झर्नुभएछ। त्यसपछि लगत्तै बस पल्टिएछ। बसमा यात्रु नभएकाले मानवीय क्षति हुन पाएन,’ उनले भने।

    प्रत्यक्षदर्शी प्रज्ञान विश्वकर्माले पनि जोखिम देखेर यात्रु बसबाट झरेको कारण मानवीय क्षति नभएको बताए ।

    बस पल्टिएको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट असई शम्भु चौधरीको नेतृत्वमा पाँचजना प्रहरी घटनास्थलमा पुगेका थिए। त्यसपछि अर्को बस बोलाएर यात्रुलाई गन्तव्यमा पठाइएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑