आज:
  • होमपेज / जीवनशैली

    सफल कसरी हुने त ?

  • वीरगंज संजाल
  • १० माघ २०७६, शुक्रबार ०५:४६
  • ६३७६

    हिजोआज व्यंग्य लेख्ने विषय नै रहेन । किनकि समाजमा, सदनमा, सरकारमा, बाटोमा, अस्पतालमा, विश्वविद्यालयमा वा मदिरालयमा जताततै व्यंग्य नै व्यंग्य देखिन थाले । जहाँसुकै देखिने भएपछि लेखिरहनै किन पर्‍यो र ? त्यसैले होला व्यंग्यकार पनि करीब करीब विलुप्त भएको स्थिति छ यतिबेला । कि त सूचना प्रविधि विधेयक पास भइहाल्छ भनेर डराएर व्यंग्यकारहरू बेलैमा गायव भएका हुन् ? वा मुटु दह्रो नभएकाले व्यंग्य ठोक्न नसकेका हुन् ? अथवा लेखेर क्यै परिवर्तन नआउने देखेर लेख्नै छाडेका हुन्, थाहा भएन । तर व्यंग्य मात्र होइन यत्र, तत्र, सर्वत्र समाचारै समाचारको बाढीबीच पनि खास समाचारको चाहिँ खडेरी नै देखिएको जस्तो छ । त्यै भएर होला स्वयं प्रधानमन्त्रीले मुटु भएका सम्पादक, खास समाचर लेख्ने लेखाउने भएनन् देशमा भनेर ठाडै भन्नु परेको ।

    मैले सफल बन्न के मात्र गरिनँ ? नेताका इशारामा बन्दुक बोकेँ, आफ्नै छिमेकीका सन्दुक फोडेँ । दिनदुःखीसँगै बसेर उनीहरूकै खोसेर पनि खाएँ, क्रान्तिका गीत गाएँ ।

    यतिबेला सबैतिर कामचलाउ लेखकहरू, कामचलाउ विषयमा, कामचलाउ व्यंग्य वा लेख लेखेर, कामचलाउ मिडियामा प्रकाशन गराएर, कामचलाउ पारिश्रमिकमा चित्त बुझाइरहेका छन् । केही लेखक घोस्ट राइटिङका भूतका पछि दौडिएका पनि छन् ।

    यहाँ प्रत्येक व्यक्ति आफू राम्रो र सफल । बाँकी दुनियाँ नराम्रो, असफल, गलत, निकम्मा सावित गर्न सदा तम्तयार देखिन्छन् । सफल–असफलको प्रसंग आएपछि ‘प्रत्येक सफल व्यक्तिको सफलताको पछाडि एक महिलाको हात हुन्छ’ भन्ने भनाइ सम्झिनै पर्‍यो । तर हिजोआज ठूला ठूला व्यक्तिको असफलताको पछाडि चैं एक हैन २–४ ओटै महिलाको हात रहेछ भन्नुपर्ने हो कि जस्तो पो देखिँदै छ । जस्तै, कतिपय ठूला पदमा बसेकाहरू महिलाकै कारण एकाएक तल ओर्लनु पर्‍यो । कतिपय महिला मन्त्री भए, राजदूत भए । तर आपूmलाई सफल ठान्ने ठूला भनिएका कति नेता अहिले कतिपय ती महिला मन्त्री र राजदूतकै कारण बदनाम भैरहेका छन् र दिनप्रतिदिन अलोकप्रिय र असफल भइरहेका छन् भनिन्छ । तर यता मेरा असफलताका सम्पूर्ण जिम्मेवारी भने म आफै लिन्छु है !

    शुरूमा जागीर खाने प्रयास गरेको, कुनै कम्पनीले पत्याएनन् । किनकि लब्धांकपत्रमा सबै नम्बरहरू निम्नमध्यम कोटीका थिए । आफू कक्षाकोठामा सधैं बाल्कोनी सीटमा बस्न मन पराउने जो परियो । एक त यसै सरकारी विद्यालय, त्यसमा पनि उक्साउने विद्यार्थी युनियनका दोस्तहरू छँदै थिए । विद्यालयमा सफल हुने कुरै थिएन । अनि लागेँ व्यावसायिक कृषि कर्मतिर । तर कृषिको अनुदानजति सबै टाठाबाठाले चप्काउँदा रैछन् आफू त हेरेको हेर्‍यै भइयो । खेत बाँझै छाडेर त्यसपछि लागियो खेलकुदतिर । तर अंक र स्कोरको खेल भन्दा त्यहाँ पनि राजनीतिकै खेल बढी चल्ने । केही नलागेर चलचित्रमा हिरो बन्न हिँडियो । तर हिरोको चिया बनाउने रोल समेत नपाएपछि त्यस क्षेत्रबाट पनि जीरो भएर फर्किइयो । झोँक चलेपछि दुई–चार साथीभाइलाई उक्साएर लागियो आफै फिल्म निर्माता बन्न । यसो देशी विदेशी कथा सारेर जसोतसो कतै आफै हिरो बनेको फिल्म त बन्यो । तर फिल्म बनेपछि हल पाउन गाह्रो, हल पाए पनि दर्शक पाउन गाह्रो अर्थात् फिल्म चल्नै साह्रो भो । अनि त के ! फिल्म बनाएर रातारात करोडपति बन्छु भनेको त आफूलगायत साथीभाइ समेतलाई रोडपति बनाइयो ।

    यसरी भएन भनेर विज्ञापन एजेन्सी चलाउन थालियो । तर भयो यस्तो कि आफूले बनाएका विज्ञापनका कारण उल्टो त्यस ब्रान्डको विक्री नै झन् घट्दै गयो । त्यसपछि टीभीमा कार्यक्रम चलाउन थालेँ र तमाम विकृति विरुद्ध बोल्न थालेँ, डनहरूलाई उडाएँ । तर डनहरूले नै मलाई संस्थाबाटै उछिट्याइदिए । लौ, यो पाराले पनि काम चलेन भनेर ‘स्यान्डअप कमेडी शो’ शुरू गरेँ । तर यस्तो कमेडी गरिएछ कि, दर्शकहरूले कुहिएका गोलभेँडा र अण्डाले पो स्वागत गर्न थाले ।

    अब के गर्ने त भन्ने भइराबेला समाजसेवामा पो लाग्नुपर्‍यो भनेर शुरू के गर्‍याथेँ । सेवा होइन, एनजीओले दिने गरेजस्तो सीधै पैसै चाहियो भनेर मानिसहरूले मेरो कुरै सुन्न नचाहेपछि त्यो पनि काम लागेन । केही शीप नचलेपछि विदेश भासिन पर्‍यो भनेको दलाललाई फ्री भिसाको पैसा तिर्न नसक्दा २–४ वर्ष यसै बित्यो । बल्ल बल्ल बाउको लगौंटी जस्तो बाँकी भएको अलिकति पैतृक सम्पत्ति पनि बेचेर विदेश त गइयो । तर गलत कम्पनी परेर झन्डै कफिन बक्साभित्र फर्कनु परेको । मुश्किलले बाँचेर ‘स्वदेश’ फर्किइयो, एनआरएनको बिल्ला भिरेर । दुई–चार दिन त विदेशमा साथीहरूले किन्दिएको नयाँ लुगा र २–४ पैसा हुन्जेल साथीभाइ आउँथे । नयाँ ‘स्टार्टअप’ कम्पनी खोल्ने कुरा गर्थे । पैसो सकिएपछि ती पनि सबै हराए ।

    यहाँसम्म कि परिस्थिति मिलेपछि बिहे गर्ने भनेर ‘लिभिङ टुगेदर’मा रहेकी गर्लफ्रेन्डले पनि मलाई छाडेर अर्कै एनारेनसँग गइछ । यहाँ पनि म मुनाको मदन वा राधाको कृष्ण बन्न असफल रहेँ ।

    मैले सफल बन्न के मात्र गरिनँ ? नेताका इशारामा बन्दुक बोकेँ, आफ्नै छिमेकीका सन्दुक फोडेँ । दिनदुःखीसँगै बसेर उनीहरूकै खोसेर पनि खाएँ, क्रान्तिका गीत गाएँ । म डाक्टर, इन्जिनीयर, सीए, वकिल वा सरकारी अफिसर त बन्न सक्ने कुरै थिएन । बाँकी म एक सफल छोरा, पति वा बाउ पनि बन्न सकिनँ । मेरो असफलताहरूको सूची लामै छ । तर मैले हार खाइसकेको छैन । दुःखको गीत पनि गाएको छैन है ! अब मेरो एउटै आशाको व्यापार भनेको राजनीतिमा लाग्ने र नेता बन्ने हो ।

    किनकि नेपालमा नेतालाई कानून लाग्दैन रे । अख्तियार पनि लाग्दैन । जताततै नेताकै स्वर ठूलो हुन्छ । नेताहरू मिलेर जे निर्णय गरे पनि त्यो कानून बन्छ, नभए पनि त्यसलाई कसैले काट्न सक्तैन । जस्तै, क्याबिनेटले गरेको निर्णयमाथि कसैले पनि प्रश्न समेत गर्न पाउँदैन रे, अख्तियार र मिडियाले पनि । सुशासन अरू सबैले पालना गर्नुपर्छ, तर नेताले पर्दैन । नेताका नजिक पुग्न देशका ठूला पदधारीहरू, ठेकेदारदेखि सबै मन्दिर जानुको सट्टा बिहानै नेताकहाँ आइपुग्छन्, सयौं किलोका सयपत्री माला र ब्रिफकेस लिएर । यहाँसम्म कि धर्मगुरुहरू समेत नेताकै पछि लाग्छन् । नेता नीति, नियम, कानून र संविधानभन्दा पनि माथि हुन्छ । त्यसैले देशमा सबैभन्दा सुरक्षित पेशा अहिले नेतागिरी देखिएकाले म त्यतैतिर लागेँ अब । अब त कसो सफलता हात नपर्ला र हँ ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑