पर्सा । विद्यार्थीहरूका शैक्षिक र सामाजिक अधिकारका मुद्दालाई सशक्त रूपमा उठान गर्दै कोषाध्यक्ष पदका उम्मेदवार चन्दन कुमार पटेल ले आफ्नो लक्ष्य र योजनाहरू सार्वजनिक गरेका छन्। पटेलले आर्थिक सुदृढ बनाउँदै विद्यार्थीहरूका समस्याहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
कोषाध्यक्ष पदमा उम्मेदवारी दिने पटेलले भने, “म विद्यार्थीहरूको आर्थिक सहजकर्ता र पारदर्शी व्यवस्थापनका लागि काम गर्नेछु। आर्थिक स्थायित्व र विद्यार्थीहरूको अधिकारको रक्षाका लागि निरन्तर क्रियाशील रहनेछु ।
निर्वाचन प्रक्रिया नजिकिँदै गर्दा T.R.M.C को गतिविधि तिव्र भइरहेको छ। विभिन्न पदका उम्मेदवारहरूले आ-आफ्नो पक्षमा मतदाता तान्नका लागि प्रचार-प्रसारमा जुटेका छन्।स्ववियुको निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने भएकाले यो प्रक्रिया विद्यार्थी समाजमा निकै चासोको विषय बनेको छ।