वीरगञ्ज । इन्टरनेशनल अवार्ड्स फोरम, युएसएले वीरगञ्जका प्रख्यात उद्योगी रमेश अग्रवाललाई ग्लोबल इन्टरप्रेन्योरशिप अवार्डबाट सम्मानित गरेको छ।
यो अवार्ड अग्रवालले उद्यमशीलता, नवप्रवर्तन, र व्यावसायिक नेतृत्वमा देखाएको उत्कृष्ट योगदानको कदरस्वरूप प्रदान गरिएको हो। अग्रवालको मेहनत र समर्पणले वीरगञ्जको औद्योगिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन उल्लेखनीय भूमिका खेलेको फोरमले जनाएको छ।
अग्रवालले सम्मान ग्रहण गर्दै यो उपलब्धि आफ्नो मात्र नभई समग्र नेपाली उद्यमशीलताको पहिचान भएको बताएका छन्। उनले नेपाली उद्योग र व्यापारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्थापित गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
ग्लोबल इन्टरप्रेन्योरशिप अवार्ड नेपाली उद्योग क्षेत्रमा प्रभावशाली योगदान दिएका व्यक्तित्वहरूको कदरका लागि प्रेरणाको स्रोत बनेको छ। रमेश अग्रवालको यो सम्मानले नेपाली उद्यमशीलता क्षेत्रमा थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।