आज:
  • होमपेज / Breaking News

    सांसद प्रभु हजराले गरे नारायणी अस्पतालको निरीक्षण, जनशक्ति र पूर्वाधारको अभाव

  • वीरगंज संजाल
  • २ माघ २०८१, बुधबार १४:२५
  • ९३३

    वीरगञ्ज । प्रतिनीधि सभा सदस्य प्रभु हजराले वीरगञ्जस्थित नारायणी अस्पतालको निरीक्षण गरेका छन् । बुधवार नारायणी अस्पतालको निरीक्षण गर्दै सांसद हजराले अस्पतालको अवस्था पहिलेको तुलनामा धेरै सुधार भएको प्रतिक्रिया दिए । उनकाअनुसार अस्पतालमा अहिले राम्रो व्यवस्थापन भइरहेको छ ।

    पर्सा, बारा मात्रै नभएर मकवानपुरसम्म्का र रौतहटदेखि सर्लाहीसम्मका बिरामी उपचारका लागि नारायणी अस्पतालमा आएको उनले बताए । बिरामी र उनीहरुका कुरुवासँग पनि उनले संवाद गरेका थिए । सो अवसरमा सहज ढंगले उपचार पाएको उनीहरुले बताएका थिए ।

    आफु २५ वर्ष अघि नारायणी अस्पताल विकास समितिको सदस्य भएको क्षण स्मरण गर्दै उनले नारायणी अस्पताल सबै जनताको साझा अस्पताल भएको दाबी गरे । अस्पतालको विकास र स्तरोन्नतीका लागि आफु सँधै गम्भिर भएको पनि उनले बताए ।

    अस्पतालको भवन निर्माण प्रक्रिया पनि भवन विभाग र निर्माण कम्पनीबीचको विवादले अल्झिएकोमा उनले आपत्ती जनाए । यही २८ गते परेको पेशीबाट उक्त मुद्दा टुङ्गो लगाउन र भवन निर्माणको प्रक्रिया अघि बढाउन दबाब दिनुपर्नेमा उनले जोड दिए ।

    प्रयोगशाला (ल्याब) मा पनि अनलाईन प्रणालीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । क्यु आर कोडबाटै एउटै ठाउँबाट सहज ढंगले सेवा लिन सकिने व्यवस्था मिलाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासले बताए । उनकाअनुसार अस्पतालमा नियमित रुपमा सरसफाई गरिनुका साथै छिटै भवनको रंगरोगन गर्ने कामको तयारी पनि भइरहेको छ ।
    बिरामीलाई रिफर गर्न नपर्ने गरी काम गरीरहेको उनको भनाई छ । यदि नारायणीमै उपचार सम्भव भएर पनि रिफर गरिन्छ भने रिफर गर्ने चिकित्सकलाई कारवाही गरिने पनि उनले चेतावनी दिए । आईसियु, एनआईसियु सीमित संख्यामा भएकाले अवावश्यकताअनुसार रिफर गर्न पनि उनले बताए ।

    २०४८ सालको दरबन्दीका आधारमा अस्पताल चलीरहेको हुँदा पूर्वाधार र जनशक्तिको समस्यासँग अस्पताल जुधिरहेको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑