वीरगञ्ज । वीरगञ्जस्थित श्री नर्सिङ माध्यमिक विद्यालयमा राष्ट्रिय बजरङ्ग दल पर्सा जिल्ला र नगर स्तरीय पदाधिकारी गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा वीरगञ्ज महानगरका पदाधिकारीहरू घोषणा गरिएका छन् । राम गोसाईंलाई संयोजक पद दिइएको छ भने हरि शाह र रिकेश पटेललाई उपाध्यक्ष, ऋतिक कुमारलाई सह-मन्त्री, र श्याम चौरसियालाई सदस्यका रूपमा चयन गरिएको छ ।
जिल्ला स्तरीय पदाधिकारीमा पप्पु कलवार उपाध्यक्ष, राकेश राय मन्त्री, र विक्रम तिवारी सह-मन्त्रीको जिम्मेवारीमा चयन भएका छन् ।
कार्यक्रमको अन्त्यमा राष्ट्रिय बजरङ्ग दल मधेस प्रदेशका महामन्त्री श्याम रौनियारले पदाधिकारीहरूको चयनसम्बन्धी जानकारी प्रदान गरेका थिए । कार्यक्रममा सहभागी अतिथिहरूले एकताको महत्त्व र सङ्गठन सुदृढीकरणका विषयमा जोड दिएका थिए ।
राष्ट्रिय बजरङ्ग दल मधेस प्रदेशका महामन्त्री श्याम गुप्ताको अध्यक्षता सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथिका रूपमा राष्ट्रिय बजरङ्ग दलका केन्द्रीय अध्यक्ष राजु जैसवालको पनि विशेष उपस्थिति रहेको थियो ।
विशिष्ट अतिथिहरूमा जिल्ला अध्यक्ष विवेक सिन्हा, वीरगञ्ज महानगर अध्यक्ष नितेश पटेल, मधेस प्रदेश उपाध्यक्ष मुन्ना गुप्ता, बारा जिल्ला मन्त्री सूर्य प्रताप पटेललगायतका विशिष्ट व्यक्तित्वहरू सहभागी थिए ।