आज:
  • होमपेज / Breaking News

    सहकारी ठगि प्रकरण : रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

  • वीरगंज संजाल
  • २ माघ २०८१, बुधबार ११:३८
  • ९६९

    वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उनलाई थुनछेक बहसका लागि अदालतमा पेस गरिएको हो ।

    आइतबार बयान लिएपछि थुनछेक प्रक्रिया नसकिएकाले लामिछानेलाई न्यायिक हिरासतमा राखिएको थियो । सोमबारदेखि सुरु भएको थुनछेक बहस मङ्गलवार सार्वजनिक बिदाका कारण रोकिएको थियो। हाल न्यायाधीश माधव अधिकारीको इजलासमा चलिरहेको बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने निर्णय हुनेछ ।

    लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा मुद्दा दर्ता गरिएको छ । यस प्रकरणमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, व्यवस्थापक नवीन अछामी, र पूर्व डिआइजी छविलाल जोशीलगायतलाई प्रतिवादी बनाइएको छ । प्रहरी अनुसन्धान अनुसार, सहकारीका ५,६६९ बचतकर्ताका २ अर्ब ६५ करोड ९५ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरिएको पाइएको छ ।

    अनुसन्धानमा सहकारीमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोडभन्दा बढी रकम कारोबार गरिएको तथ्य बाहिर आएको छ । यसअघि सोही आरोपमा पक्राउ परेका सहकारीका लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामालाई अदालतले धरौटीमा रिहा गरिसकेको छ ।

    लामिछाने पोखराको सूर्य दर्शन सहकारी प्रकरणमा पनि संलग्न रहेको आरोपमा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा रिहा भएका थिए । उनको विरुद्ध चितवन, रुपन्देही, र पर्सामा समेत सहकारी ठगीका मुद्दा दायर भएका छन्। ती मुद्दामा उनीमाथि अनुसन्धान सकिएको बताइएको छ ।

    सहकारी पीडितहरूबाट ९३ वटा उजुरी परेको यो प्रकरणले सहकारी व्यवस्थापनमा देखिएका चुनौती र सुधारको आवश्यकता पुनः उजागर गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑