• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संविधान संशोधनको एजेन्डाबारे छलफलमा जुटे विपक्षी

  • वीरगंज संजाल
  • २६ पुष २०८१, शुक्रबार ०८:५१
  • ६८५

    काठमाडौं । विपक्षी दलहरू संविधान संशोधनको एजेन्डाबारे छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बिहीबार मात्रै सिंहदरबारमा संवाद भएको छ ।

    बिहीबार सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरूबीच भेट भएको थियो ।

    भेट नियमित रहेको र बिहीबारको भेटमा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

    ‘सरकारले संविधान संशोधन गर्ने भनिरहेका छन् । यो विषयमा विपक्षी दलहरूका बीचमा छलफल हुन थालेको छ । बिहीबारको भेट पनि यसै अन्तर्गत भएको हो,’ महासचिव गुरुङले अनलाइनखबरसँग भने ।

    नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनका लागि तीनवटा एजेन्डा अगाडि बढाएको छ । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संसद् सदस्य बाहिरबाट समेत मन्त्री बन्न पाउने व्यवस्था संविधानमा राख्ने भनिएको छ ।

    यी एजेन्डा माओवादी केन्द्रले पदाधिकारी, स्थायी समितिबाट तय गरेर केन्द्रीय समितिमा लगेको थियो । जसलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

    माओवादी केन्द्रका महासचिव गुरुङ आफूहरू सरकारले संविधान संशोधनका लागि ल्याउने प्रस्तावमा विकल्पसहित उपस्थित हुने बताउँछन् ।

    कांग्रेस र एमालेले सातबुँदे सहमति नै गरेर राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्ने भनेको स्मरण गर्दै उनले भने, ‘राजनीतिक स्थिरता चाहिएको हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणालीमा जाऔं । जसले मुलुकको नेतृत्व पाँचै वर्षका लागि चुन्छ ।’

    कांग्रेस र एमालेले १७ असार २०८१ मध्यराति संयुक्त सरकार बनाउने गरी सातबुँदे समझदारी गरेका थिए । उक्त समझदारीको बुँदा नम्बर २ मा संविधान संशोधन गर्ने प्रतिवद्धता छ ।

    जहाँ भनिएको छ, ‘…सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।’

    निर्वाचन प्रणाली महंगो भएको भनेर हुने गरेको बहसको पनि आफूहरूसँग विकल्प रहेको बताउँछन् माओवादी महासचिव गुरूङ । उनी थप्छन्, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं जसले निर्वाचन खर्च पूरै कटाउँछ ।’

    सांसदहरू विधि निर्माणमा भन्दा मन्त्री हुनका लागि लालायित हुने गरेको र यसको दोष अस्थिर सरकार, महंगो निर्वाचन प्रणाली नै रहेको भनेर हुने गरेको बहस अन्त्य गर्नका लागि संसद् सदस्यबाहिरबाट मन्त्री बनाउन सक्नुपर्ने उनको राय छ ।

    ‘सांसद सदस्यबाहिरबाट समेत मन्त्री हुने गरी संविधान संशोधन गर्न सक्यौं भने सांसदहरू विधि निर्माणमा केन्द्रित त हुन्छन् नै अन्य केही समस्याहरू हल गर्नका लागि समेत सकिन्छ ।’

    यीबाहेक माओवादी केन्द्रले संविधान संशोधनका लागि अन्य केही एजेन्डाहरू समेत तय गरेको छ । राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन पहल गर्ने केन्द्रीय समितिको निर्णय छ ।

    हाल राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधान छ । यसलाई बढाएर ५० प्रतिशत पुर्‍याउन पहल गर्ने नीति केन्द्रीय समितिबाट पास गराएर अगाडि बढेको महासचिव गुरुङले जानकारी दिए ।

    यी लगायतका विषयमा संविधान संशोधनका लागि विपक्षमा रहेका दलहरूका बीचमा संवाद अगाडि बढेको हो । नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ आफूहरू संविधान संशोधनका एजेन्डा के कसो हुन सक्छन् भनेर आन्तरिक छलफलमा रहेको बताउँछन् ।

    सरकारले आफ्नो तयारी अगाडि बढाएसँगै विपक्षी दलहरूले पनि आन्तरिक छलफल हुनु स्वभाविक रहेको बताउँछन् ।

    ‘पार्टीका तर्फबाट कमिटी बनाएर संविधान संशोधनबारे छलफल गरिरहेका छौं । त्यसले काम गरिरहेको छ । यो बेला अन्य दलसँग संवाद हुनु स्वभाविक हो,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

    एकीकृत समाजवादीले यही २ पुसमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो ।

    स्थायी कमिटीबाट उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा गठित कार्यदलमा जसमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य छन् । विपक्षी दलहरू र आवश्यक सबै पक्षसँग संवाद गर्न पदाधिकारी, पोलिट्ब्युरो र स्थायी समितिमा रहेकाहरू संविधान संशोधन सुझाव कार्यदलमा राखिएको नेताहरू बताउँछन् ।

    अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि संविधान संशोधनका लागि सुझाव कार्यदल बनाएर काम गरिरहेको छ । यही २१ पुसमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले आइतबार प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो ।

    कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम शाह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन् । नेताहरूका अनुसार कार्यदलले सातवटै प्रदेशमा र संविधानविदहरूसँग छलफल गरेर धारणा बनाउने कार्य अगाडि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑