• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Tech News

    काठमाडौंमा मनाइयो ‘चाइना फिल्म डे’, चिनियाँ कलाकार, निर्देशक र निर्माता सहभागि

  • वीरगंज संजाल
  • २६ पुष २०८१, शुक्रबार १०:४७
  • ८४१

    काठमाडौं । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा विहिबार एक दिवसीय ‘चीन चलचित्र दिवसको आयोजना गरिएको छ । पूर्वअर्थमन्त्री वर्षमान पुन प्रमुख अतिथि रहेको समारोहमा अभिनेता तथा निर्देशक नीर शाह, सुनिल थापा, केदार घिमिरेसहित नेपाली फिल्म र साहित्य क्षेत्रका व्यक्ति सहभागि थिए ।

    कार्यक्रममा सहभागि हुन आएको चाइना फिल्म एडमिस्ट्रिेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङसहित १४ सदस्यीय फिल्मकर्मीको टोली पनि सहभागि थियो ।

    कार्यक्रममा बोल्दै नेता पुनले नेपालमा पहिलो पटक आयोजित चीन चलचित्र दिवसमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताए । उनले भने, ‘यो सांंस्कृतिक सम्बन्धको उत्सव हो । यसले हामी दुई देशका फिल्ममार्फत सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास लिएको छु ।’

    कार्यक्रमले नेपाली फिल्म क्षेत्रमा अर्को सम्भावनाको ढोका खोल्ने बताए । आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल चलचित्र हेर्ने मात्र नभई दुई देशबीचको सम्बन्धको लागि सुरुवाती प्रवेशद्धार रहेको उल्लेख गरे ।

    उनले भने, ‘नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ र यस्तो कार्यक्रमले चलचित्रमार्फत आगामी सबन्धलाई अगाडि बढाउने एउटा महत्वपूर्ण कदम पनि हो ।’

    चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको देश रहेको बताए । उनले भने, ‘हामी आशा गर्छौ कि यस चलचित्र महोत्सवबाट चीन र नेपालबीचको चलचित्र क्षेत्रमा हुने उपयोगको सहकार्यमा अझ राम्रो सम्बन्ध बन्दै जानेछ । ’

    चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले हालैका बर्षमा चीन फिल्मको लागि विश्वको ठूलो बजार भैसकेको र नेपालमा समेत चिनियाँ चलचित्रको छायांकन भैरहेको बताए ।

    उनले भने, ‘अघिल्लो वर्ष नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा २०२५ मा चिनियाँ फिल्म फेस्टिभल गर्ने सम्झौता भएको थियो । यसवर्ष चीन र नेपाल बीचको कूटनीतिक सम्बन्धको ६० बर्षको हो । यसवर्ष नेपाल पर्यटन वर्ष पनि हो । दुई देशबीच उत्सव श्रृंखलाको रुपमा यस कार्यक्रमले दुई देशका चलचित्र निर्माताबीचको सहयोग आदानप्रदानका लागि प्लाटफर्म प्रदान गर्नेछ’ ।

    कार्यक्रममा सु याङसहित चर्चित चिनियाँ फिल्म ‘जी फर ग्याप’की अभिनेत्री तथा दुईपटक गोल्डेन रुस्टर अवार्ड जितेकी यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ फिल्म ‘पर्सनल पर्सिसटेन्स’ का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’ का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, फिल्म ‘मिडसमर भोइस’का निर्देशक झाङ युडी लगायत सहभागि थिए ।

    क्यूएफएक्सको छाया सेन्टरमा आयोजित कार्यक्रममा ३ चिनियाँ फिल्म, यीहुई साओ निर्देशित ‘हर स्टोरी’ युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरिएको छ । चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गरेका हुन ।

    कार्यक्रममा फिल्म ‘जी फर ग्याप’मा आफ्नो अभिनयले दर्शकमाझ लोकप्रियता कमाएकी गोल्डेन रुस्टर अवार्ड विजेता अभिनेत्री यु होङको समेत उपस्थिति थियो । स्क्रिनिङ पछि आभार व्यक्त गर्दै उनले भनिन्, ‘म यस चलचित्र महोत्सवमा सहभागी हुन पाउँदा निकै खुसी छु र मलाई आशा छ कि हाम्रा चलचित्रले दुई देशलाई अझ नजिक ल्याउने विश्वास मैले लिएकी छु ।’

    फिल्म प्रदर्शनपछि तीनवटै फिल्मका निर्माता, निर्देशक र कलाकारले दर्शकसँग अन्तक्रिया गरे । सो अवसरमा उनीहरुले ‘चाइना फिल्म डे’ जस्ता पहलले नेपाल र चीनबीचको सांस्कृतिक खाडललाई कम गर्न र आपसी समझदारीलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑