वीरगञ्ज । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र उनका सहयोगी हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन् ।
नेपाल राष्ट्र बैङ्कका उच्च अधिकृतहरू र व्यवसायीहरूलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईँ र फुयाँल आज (बिहीबार) धरौटीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुवै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशपछि दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् । प्रसाईँसहित तीन जनाविरुद्ध आपराधिक लाभ र सङ्गठित कसुरको मुद्दा दायर भएको थियो ।