आज:
  • होमपेज / Breaking News

    युवकले गरे आमा र चार बहिनीको हत्या

  • वीरगंज संजाल
  • १७ पुष २०८१, बुधबार १२:५९
  • १०२९

    भारत। भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा आफ्नो आमा र चार जना बहिनीको हत्या गरेको आरोपमा एक २४ वर्षीय युवक पक्राउ परेका छन् । लखनउस्थित एक होटेलको कोठामा आमा र बहिनीहरूको हत्या गरेको आरोपमा अर्षद नाम गरेका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्षदले परिवारभित्रका विवादलाई हत्या गर्ने कारण बताउँदै आफ्नो अपराध समेत स्वीकार गरेको प्रहरीको भनाइलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रहरीका अनुसार लखनउको थाना नाका क्षेत्रस्थित होटेल शरणजीतको कोठामा ४२ वर्षीय आमा अस्मा र उनकी छोरीहरू ९ वर्षीय आलिया, १९ वर्षीय अल्सिया, १६ वर्षीय आक्सा र १८ वर्षीय रहमिनको शव बुधवार बिहान होटेलका कर्मचारीले फेला पारेका थिए । शव फेला परेपछि होटेल व्यवस्थापनले तुरुन्तै स्थानीय प्रहरीलाई खबर गरेको थियो ।

    घटनाबारे पुष्टि गर्दै डीसीपी रवीना त्यागीले थाना नाका क्षेत्रमा होटेलको कोठामा पाँच शव फेला परेको जानकारी दिएकी छन् । स्थानीय प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको उनले जानकारी दिएकी छन् ।

    प्रहरीका अनुसार आग्राको इस्लाम नगर, तेड़ी बगिया, कुबरपुरका बासिन्दा अर्षदले आफ्नी आमा र बहिनीहरूलाई ब्लेड प्रयोग गरी हत्या गरेका हुन् । प्रारम्भिक अनुसन्धानमा उनले पहिले आमा अस्माको हत्या गरेको र त्यसपछि एक-एक गरेर बहिनीहरूको हत्या गरेको खुल्न आएको छ ।

    यद्यपि होटेलका अन्य पाहुनाहरूले रातभर कुनै असामान्य आवाज नआएको बताएका छन् । यस्तो हिंसात्मक घटना कसरी भयो भन्ने कुराले सबैलाई आश्चर्यचकित बनाएको छ ।

    प्रहरीले घटनास्थललाई सिल गरेर फरेन्सिक प्रमाण सङ्कलन गरेको छ भने वरिष्ठ प्रहरी अधिकारीहरूले पनि स्थल निरीक्षण गरेका छन् । पाँचै जनाको शवलाई मृत्युको सही कारण पत्ता लगाउन पोस्टमार्टमका लागि पठाइएको छ ।

    प्रहरीको अनुसन्धानको क्रममा अर्षदले आमा बाहिनीहरूलाई मारेको स्वीकार गरेका छन् । उनले परिवारभित्र भइरहेका विवादहरूले आफूलाई मानसिक दबाबमा पारेको र सोही कारणले हत्या गरेको बताएका छन् ।

    “२४ वर्षीय अर्षदलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानबाट पारिवारिक समस्याका कारण उनले आमा बाहिनीहरूको हत्या गरेको देखिएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ,” डिएसपी त्यागीले भनिन् ।

    परिवारभित्रको तनावले यस्तो नृशंस अपराधलाई निम्त्याएको प्रहरीको दाबी छ । अपराधका पछाडिका थप कारणहरू पत्ता लगाउन प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑