आज:
  • होमपेज / Breaking News

    महोत्तरीमा विषसेवन गरेका ३ छात्रामध्ये एकको मृत्यु

  • वीरगंज संजाल
  • १७ पुष २०८१, बुधबार १२:५६
  • ९८९

    महोत्तरी । महोत्तरीको बर्दिवास–११ खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत एकै साथ विषसेवन गरेका ३ छात्रामध्ये १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिराहा धनगढी नगरपालिका–१० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको हो ।

    शर्मालाई मङ्गलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास–४ स्थित जङ्गली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पुर्‍याएको थियो । अस्पतालका डा. रोशन अधिकारीले अस्पताल पु¥याउनु अघि उनको मृत्यु भइसकेको जानकारी दिए ।

    परीक्षा बिग्रिएपछि एकै साथ उनीहरुले विष सेवन गरेका छन । बर्दीबास नगरपालिका–११ निर्मल लामा बहुप्राविधिक शिक्षालयको जियोमेट्रिक इन्जिनियर प्रथम वर्षमा अध्ययनरत तीन छात्रा सम्पर्कविहीन भएपछि खोजतलास गर्दा विष सेवन गरी अचेत अवस्थामा दुई जना फेला परेको र एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दीबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

    परीक्षा बिग्रिएपछि तीनै जना साथीहरू एकै साथ विष सेवन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ प्रहरी नायव उपरीक्षक पोखरेलले भने,‘फेला परेका दुई जनाको अवस्था सामान्य छ । दुवै जनालाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा राखिएको छ ।

    शिक्षालयका प्रशासकीय अधिकृत दाबा योन्जनले विष सेवन गरेका तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा रहेको बताए । शिक्षालयले केही दिनअघि लिएको टेस्टमा मृतक रिङ्कुको फिजिक्सको पेपर बिग्रिएका कारण विष सेवन गरेको अस्पतालमा भर्ना भएकी सन्जुले बताइन् ।

    सोमबार बिदाको दिन भएकाले तीनै जना छात्रा गाइड किन्न बर्दिवास बजार गएका थिए । गाइड किनेपछि रिङ्कुले लुकेर विष पनि किनेको अस्पतालमा उपचार गराइरहेका उषा र सन्जुले बताइन । बर्दिवासबाट खयरमारा फर्कने क्रममा जङ्गली क्षेत्रमा पुगेर रिङ्कुले पहिले आधा सिसी विष सेवन गर्नुभएको थियो । रिङ्कुको करकापमा परेर आफूहरूले पनि एक एक बिर्को सेवन गरेपछि त्यसपछि के भयो थाहा नभएको दुवै छात्राले बताइन ।

    रिङ्कुले विष सेवन गरेपछि म त मरिहाल्छु साथै नमरे तिमीहरूलाई प्रहरीले पक्राउ गरी जेल हाल्छ’ भनेपछि डराएर बाध्य भएर एक एक बिर्को विष सेवन गरेको सन्जुले बताइन । बर्दिवास प्रहरीका डिएसपी रेवतीरमण पोखरेलले घटनाको थप विवरण सङ्कलन तथा छानबिन भइरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑