आज:
  • होमपेज / Breaking News

    सखुवा प्रसौनी गाउँपालिकामा स्थानीय समस्या समाधानको पहलमा माओवादी नेता साहको सक्रियता

  • वीरगंज संजाल
  • १५ पुष २०८१, सोमबार १२:२१
  • १३६१

    वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिका–१, दोहरी गाउँका स्थानीय समस्याहरू र गाउँपालिकाको गतिविधिबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह आज स्थानीयहरूसँग प्रत्यक्ष संवादमा सहभागी भए।

    छलफलका क्रममा स्थानीयहरूले गाउँमा रहेका विभिन्न समस्याहरू उजागर गरे। विशेष गरी, यो टोल गाउँपालिकाको अन्तर्गत रहे पनि पर्सागढी नगरपालिकाको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताइयो। अन्डवा खोलामा पुलको अभावले गाउँपालिकाको आफ्नै बाटोबाट आवतजावत असहज भइरहेको उल्लेख गरियो।

    स्थानीयहरूले शिक्षाको अवस्था कमजोर भएको पनि औंल्याए। टोलमा रहेको प्राथमिक विद्यालयमा १ स्थायी शिक्षकसहित जम्मा चार जना शिक्षक कार्यरत रहेकाले पठनपाठन प्रभावकारी हुन नसकेको गुनासो गरिएको छ।

    जमुनीया खोलाको कारणले वार्डहरू प्रभावित हुने समस्यालाई पनि छलफलमा उठाइएको थियो। जनप्रतिनिधिहरूले आफ्नो स्वार्थका लागि ५ करोडको टेन्डर ६५ लाखमा पटेर्वा सुगौली गाउँपालिकालाई हस्तान्तरण गरेको भन्दै स्थानीयहरूले गम्भीर असन्तोष व्यक्त गरे।

    छलफलपछि नेता साहले समस्या रहेका स्थानहरूको स्थलगत अवलोकन गरे। उनले समस्या समाधानका लागि आफू र आफ्नो पार्टीको तर्फबाट पहल गर्ने र आवश्यकता परेमा उच्च तहका नेताहरूलाई जानकारी गराई समाधानका लागि दबाब दिने प्रतिबद्धता जनाए।

    कार्यक्रममा माओवादी नेताहरू प्रदीप चौधरी, पारसनाथ साह, हटन चौधरी, हरिलाल राम, अन्य राजनीतिक दलका नेता-कार्यकर्ताहरू, र स्थानीय व्यक्तित्वहरू रामजनम पटवारी, दीपनारायण महतो, धर्मराज पटवारी, प्रदीप दास थारु लगायतको उपस्थिति रहेको थियो।

    स्थानीय समस्याहरू समाधान गर्न सबै पक्षबाट समन्वय र प्रयास गरिनुपर्ने स्थानीयहरूको धारणा रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑